चितवनमा संक्रमितको शव व्यवस्थापन सहज बन्दै
नेपालबहस संवाददाता
जेठ १४, २०७८ शुक्रबार २३:२८:७
१४ जेठ,चितवन । कोराना संक्रमणबाट अकालमा ज्यान गुमाएका संक्रमितको शव व्यवस्थापनलाई सहज बनाइएको छ । भरतपुर महानगरपालिका,जिल्ला प्रशासन कार्यालय र कालिवहादुर गणका समन्वयमा शव व्यवस्थापन हुँदै आएको छ । चितवन सहित छिमेकी जिल्लाका सङ्क्रमितको यहाँका विभिन्न अस्पतालमा उपचार हुन्छ ।
महानगरपालिकाको आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख बालकृष्ण थपलियाका अनुसार यही जेठ ६ गतेदेखि हालसम्म ७४ संक्रमितका शव व्यवस्थापन गरिएको छ । तीमध्ये चार शवको परिवारले भारलाग्ने भन्दै आफ्नै खर्चमा व्यवस्थापन गरेका छन् । ती मध्ये दुई शव गाढिएको छ ।
महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार शव वाहन, दाउरा र खाल्डो खन्नका लागि एक्साभेटरको व्यवस्थापनमा महानगरले सहयोग गर्दै आएको छ । लायन्स क्लवले थप एक शववाहन उपलब्ध गराएको छ । संघीय सरकारले शवको व्यवस्थापन गर्ने भनिएको भए पनि तत्काल वजेटको नहुँदा महानगरपालिकाले खर्च गरेको उनले जानकारी दिइन् । यस अघि पनि एक्साभेटर भने महानगरपालिकाले उपलब्ध गराउँदै आएको थियो । वागेश्वरी स्थित नारायणी किनारमा शव व्यवस्थापन गरिदैं आइएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले महानगरपालिका, कालिवहादुर गण र लायन्सको सहकार्यमा शव व्यवस्थापन हुँदै आएको जानकारी दिए । शववाहन, दाउरा, खाल्डो खन्ने एक्साभेटर र शवको ओसारपसारमा ती निकायले समन्वयात्मक क सहयोग गर्दैआएका छन् । खाल्डोमा नपुरेर जलाउनेले नजिकै रहेको वागेश्वरीवाट नदी किनारसम्म दाउरा लैजाने, चित्ता बनाउने र जलाउने काम भने मृतकका परिवारले आफ्नो संस्कार अनुसार गर्दै आएका छन् ।
गणपति विज्ञानराज खनालका अनुसार हाल सम्म ३ सय ४० शवको व्यवस्थापनमा सेनाले सहयोग गरिसकेको छ । जिल्लाका अस्पतालमा ४ सय ८६ को मृत्यु भएकोमा १ सय ४६ को शव आफन्तले बुझेका हुन । उनले सबैको सहकार्यमा शव व्यवस्थापन सहज बनेको बताए ।
शव विहान ९ बजेदेखि साँझ ५ बजसम्म व्यवस्थापन गरिदैं आएको छ । होम आइसोलेशनमा मृत्यु भएकाको शवको व्यवस्थापनका लागि शववाहन पठाउने गरिएको छ । गणपति खनालका अनुसार घरमा शव उठाउँने व्यक्ति नभएका ठाउँमा सेना आँफै पुग्ने गरेको छ । वरिष्ठ पत्रकार ईश्वर जोशीले संक्रमणबाट मृत्युभएका आफ्नो दाजुको शव व्यवस्थापनमा समस्या नआएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार