बिएण्डसीले थापाको सम्पूर्ण उपचार खर्च ब्यहोर्ने
नेपालबहस संवाददाता
जेठ १५, २०७८ शनिबार १७:३३:४९
१५ जेठ,काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको सम्पूर्ण उपचार खर्च झापाको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड रिसर्ज सेन्टर प्रालीले ब्यहोर्ने जनाएको छ । उनी हाल मेडिसिटी अस्पतालमा उपचाररत् छन् । स्वास्थ्यमा थप जटिलता आएपछि केही दिन अगाडि उनलाई ग्रान्डि अन्तरराष्ट्रिय अस्पतालबाट रिफर गरी मेडिसिटीको सधन उपचार कक्षामा भर्ना गरिएको छ । उनको उपचारका लागि सो पार्टीले आर्थिक सहयोग अभियान समेत शुरुआत गरेको बताइएको छ ।
मेडिकल कलेजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वरिष्ठ सामाजिक अभियान्ता समेत रहेका थापाको उपचार खर्चमा लाग्ने सम्पूर्ण रकम प्रदान गर्ने आज विज्ञप्ति मार्फत जानकारी दिएको छ । कलेजका कार्यकारी निर्देशक दूर्गाप्रसाद प्रसाईद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य उपचार रकमको अभावमा नेपाली नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने कुरामा कलेज सचेत एवम् यसका लागि आफ्नो क्षमताले भ्याएसम्म मानवीय सेवा तथा सहयोग गर्न कलेज प्रतिबद्ध रहेको उल्लेख छ ।
विज्ञप्तिमा गणतन्त्र स्थापनार्थ एवम् सामाजिक आन्दोलनमा थापाले पु¥याएको अथक योगदान उच्च छ । विज्ञप्तिमा कार्यकारी निर्देशक प्रसाईँले भनेका छन् “गणतन्त्र स्थापनामा लागेका असल सामाजिक अभियान्ता तथा तत्कालीन विवेकशील नेपाली दलका पूर्व अध्यक्ष उज्जवल थापाको सम्पूर्ण उपचार खर्च बिएण्डसी मेडिकल कलेजले ब्यहोर्ने छ । म उनको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्दछु । रकमका अभावमा अकालमा कसैले मृत्युवरण हुन नदिन म आफ्नोे क्षमताले भ्याएसम्म सहयोग गर्छु । मेरा लागि मानव सेवा नै धर्म हो । ”
गणतन्त्र स्थापनामा सबै नेपालीको भूमिका ,साथ र सहयोग उत्तिकै रहेको उल्लेख गर्दै विज्ञप्तिमा समाजसेवी समेत रहेको कार्यकारी निर्देशक प्रसाईँले गणतान्त्रिक आन्दोलनमा जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात सहीदमा श्रद्धासुमन समेत अर्पण गरेका छन् । उनले गणतन्त्रलाई थप सुदृढ बनाउँदै समृद्ध नेपालको यात्रामा लाग्न पनि राजनीतिक दललाई विज्ञप्ति मार्फत आह्वान गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार