नदीको बहाव बढेसँगै बेलीब्रीज हटाउने काम शुरु
नेपालबहस संवाददाता
जेठ १५, २०७८ शनिबार २०:२२:२७
१५ जेठ, उदयपुर । रौतामाई गाउँपालिका–५ फोक्सिङटार र खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित सुनकोशी नदीमा छ महिनाअघि जडान गरिएको बेलीब्रीज खोल्ने कार्य औपचारिक रुपमा शुरु गरिएको छ ।
गाईघाट–दिक्तेल सडक कार्यालयका अनुसार बर्खायाम लागेसँगै सुनकोशी नदीमा पानीको बहाव बढ्दै गएका कारण बेलिब्रिज बगाउने खतरा भएकाले खोल्ने कार्य शुरु गरिएको सडक कार्यालयका प्रमुख गोपाल खकुरेलले बताए ।
उक्त बेलब्रिज खोल्नका लागि रेग्मी रौता रुक्मीणी कन्सट्रक्शन कम्पनी प्रालिले यसअघि बेलिब्रिज जडान गर्ने र अहिले बेलीब्रीज खोल्न जिम्मा लिएर काम शुरु गरेको गाईघाट दिक्तेल सडक कार्यालयले जनाएको छ । अब सुनकोशीमा बेलीब्रीज खोलिएपछि गाईघाट–दिक्तेल सडक खण्डअन्तर्गत उदयपुरदेखि पहाडी जिल्ला खोटाङ दिक्तेलसम्म सिधै सञ्चालन हुने यातायातका साधन छ महिनाका लागि बन्द हुने भएका छन् ।
अहिलेसम्म पनि सुनकोशी नदीमा स्थायी पुल निर्माण हुन नसक्दा वर्षेनि हिउँदमा बेलीब्रीज जडान गरेर छ महिना गाईघाट–दिक्तेल खण्डमा यातायातका साधन पुनः सञ्चालन हुँदै आएका छन् भने बेलिब्रिज खोलेपछि वर्षायाममा छ महिना यातायात पुनः बन्द हुँदै आएको हिमाली यातायात व्यवसायी सङ्घका संयोजक परमेश्वर घिमिरेले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
चिसो बढ्दै गएपछि सोलुखुम्बुमा आगो ताप्ने व्यवस्था
पुष १५, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
अतिक्रमित जग्गा फिर्ता नहुँदा माछा पोखरी असुरक्षित, अवैध संरचना भत्काउने तयारी
पुष २२, २०८१ सोमबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २२, २०८१ सोमबार
बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा
पुष २२, २०८१ सोमबार
यस्तो छ तरकारी र फलफूल आजको मूल्य
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार