शहीद स्मारकको भवनमा २५ श्ययाको आइसोलेशन सञ्चालन
नेपालबहस संवाददाता
जेठ १६, २०७८ आइतबार २०:१२:४५
१६ जेठ,काठमाडौं । कोरोना संक्रमण बढेसंगै अहिले विभिन्न ठाउँहरुमा आइसोलेशन सञ्चालन भइरहेका छन् । धेरै स्थानीय तहहरुले आफैंले आइसोलेशन सञ्चालन गरेका छन् । गोकर्णेश्वर नगरपालिका–४ स्थित यज्ञडोल (जगडोल) मा पनि आइसोलेशन सञ्चालन भएको छ । सामुदायिक वन क्षेत्रमा रहेको राष्ट्रिय शहीद स्मारकको भवनमा २५ श्ययाको आइसोलेशन सञ्चालन भएको हो ।
नगरपालिका, यज्ञडोल ९जगडोल० सामुदायिक वन उपभोक्ता समूह र लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ को सहयोगमा आइसोलेसन सञ्चालन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले जानकारी दिए । सामुदायिक वनमा रहेको स्मारकका भवनमा यसअघि गत वर्ष पनि आइसोलेशन सञ्चालन गरिएको थियो ।
आइसोलेशनमा गोकर्ण प्राथमिक अस्पतालका चिकित्सकले स्वास्थ्य सेवा दिएको नगरपालिकाले जनाएको छ । यसैगरी लायन्स क्लबका तर्फबाट आइसोलेशनमा अक्सिजनको व्यवस्थासमेत गरिएको छ । आइसोलेशन सञ्चालन भएपछि होम आइसोलेशन नहुनेका लागि सहज भएको जनाइएको छ ।
नगरपालिकामा हालसम्म चार हजार ३४८ जना कोरोना संक्रमित भएका छन् । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना फैलिएपछि दुई हजार २२ संक्रमित भइसकेका छन् । गत वर्ष पहिलो चरणको कोरोनाले दुई हजार ३४८ संक्रमित भएका थिए ।
दोस्रो लहरले संक्रमित भएकामध्ये एक हजार ३८९ जना घर फर्केका छन् । पाँच सय ९७ अहिले पनि सक्रिय संक्रमित छन् । दोस्रो लहरको कोरोनाले नगरपालिकाका ३६ नगरवासीको निधन भएको स्वास्थ्य शाखाले जनाएको छ । गत वर्ष पहिलो चरणको कोरोनाले भने २८ जनाको निधन भएको थियो ।
नगर क्षेत्रमा कोरोनाको लक्षण देखिएकालाई गोकर्ण प्राथमिक अस्पतालमा सोमबार र बिहीबार स्वाब सङ्कलन गरी परीक्षणका लागि टेकु अस्पताल पठाउने गरिएको छ । यसैगरी नारायणटारस्थित शङ्खरापुर अस्पतालमा बुधबार पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गर्ने गरिएको छ । अत्यावश्यक भई परीक्षण गर्नुपरेमा भने एन्टिजेन परीक्षण गर्ने गरिएको नगरपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार