पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदका ४ सदस्यको खण्डनः संस्थागत सुशासन र सुद्दढीकरण कायम गर्ने चाहना
नेपालबहस संवाददाता
जेठ १६, २०७८ सोमबार ०:२१:५१
१६ जेठ, काठमाडौं । “सम्पति शुद्धिकरणः पशुपति विकास कोषका एक सञ्चालकको कुल सम्पति १ अर्ब २५ करोड भेटियो” शिर्षकमा गत जेठ १० गते प्रकाशित समाचारप्रति पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदका सदस्य देवीप्रसाद बराल लगायत अन्य ३ जनाले आपत्ति प्रकट गरेका छन् ।
नेपालबहसमा प्रकाशित उक्त समाचार कपोकल्पित, भ्रामक, मनगढन्ते, एकतर्फी र वास्तविकता भन्दा भिन्न रहेको उनीहरुको भनाई छ । खण्डन पठाउनेहरुमा सञ्चालक परिषदका सदस्य बरालसहित भगवती प्रसाद देव, आशा पाण्डे र उद्धवप्रसाद वडाल छन् ।
प्रेस काउन्सिल नेपालमार्फत पठाइएको उक्त खण्डन पत्रमा भनिएको छ, “प्रस्तुत समाचारमा उल्लेख भएका कुनै पनि कुराहरु हामीले आजसम्म सपनामा पनि सोच्न नसक्ने किसिमका छन् ।” आफूहरु विशुद्ध भगवानको सेवा गर्ने भावनाले ओतप्रोत भई सदस्यको पदमा नियुक्त भई कार्यरत रहेको दावी गर्दै सो पत्रमा विश्वभरी रहेका सनातन हिन्दु धर्मालम्बीहरुको आस्थाको केन्द्रका रुपमा रहेका भगवान शिव र वहाँ विराजमान श्री पशुपतिनाथ मन्दिर र यसको सुव्यवस्था गर्ने संस्था पशुपति क्षेत्र विकास कोषको ऐनमा भएका उद्देश्य र काम, कर्तव्य र अधिकारप्रति आफूहरु जानकार रहेको उनीहरुको तर्क छ ।
खण्डन
आफूहरुले गर्ने कार्य नीतिगत मात्र हुने र सो सामुहिक जिम्मेवारीका साथ कार्य सम्पादन हुने गरेको उल्लेख गर्दै खण्डनकर्ताले संस्थागत सुशासन र सुद्दढीकरण कायम गर्ने आफूहरुको चाहना रहेको बताएका छन् । व्यक्तिगत आर्थिक लाभ लिएका, लिईरहेका र लिन लागिपरेका गलत तत्वहरु पशुपति क्षेत्र विकास कोष मै रहेको तर्फ संकेत गर्दै गलत सुचनाको आधारमा एकतर्फी समाचार आएकोमा आफूहरु दुखी भएको उनीहरुको भनाई छ ।
परिषदमा गरिआएका कामहरु नियमन गर्ने निकायले मुल्याङकन र अनुगमन हुने कानुनी व्यवस्था रहेको बताउँदै कोषको सुशासनका लागि हामी पाँचै जना सदस्यहरुले लिखित रुपमा कोषका सदस्यसचिव र कोषाध्यक्षलाई गत ०७७ चैत १६ गते, ३० गते र ०७८ बैशाख १२ गते लेखिपठाएको जानकारी पनि दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री ओली
माघ ३, २०८१ बिहिबार
भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित
माघ ३, २०८१ बिहिबार
छुरा प्रहारबाट घाइते बलिउड अभिनेता खान खतरामुक्त : चिकित्सक
माघ ३, २०८१ बिहिबार
‘ब्लू ओरिजिन’को ग्लेन रकेटको सफलता पूर्वक प्रक्षेपण
माघ ३, २०८१ बिहिबार