भन्सार छली गरी नेपाल भित्र्याइएको सामान नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १८, २०७८ बुधबार ०:१९:७
१८ जेठ,रौतहट । रौतहटमा आर्थिक वर्ष २०७७/०७८ मा भन्सार छली नेपाल भित्र्याइएको पौने छ करोड रुपैयाँभन्दा बढीको माल सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण हेडक्वाटर हजमिनिया, रौतहटले सामान नियन्त्रणमा लिएर कारबाही गरेको हो।
भारतबाट अवैध रुपले नेपाल ल्याइएका मोरसाइकल र चारपाङ्गे्र गरी एक सय ४ वटा सवारी साधनलाई कारबाही गर्दा रु एक करोड ६३ लाख ३० हजार ३३ राजस्व संकलन भएको सो गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुरेश सेन ओलीले जानकारी दिए ।
उनका अनुसार चौपाया, अण्डा, माछा तथा पशुपंक्षीलाई नियन्त्रणमा लिएर कारबाही गर्दा रु ३६ लाख ६२ हजार ६ सय ३०, तस्करीको लताकपडा नियन्त्रणमा लिएर कारबाही गर्दा रु ३ करोड ९ लाख २० हजार ३ सय २५, अवैध रुपले वन क्षेत्रबाट ल्याइएका सालका काठ नियन्त्रणमा लिएर कारबाही गर्दा ८ लाख ६४ हजार ४ सयोवारमा ५० सङ्कलन भएको छ ।
सो अवधी तस्करीमा संलग्न ४६ जनालाई नियन्त्रणमा लिएर थप कारबाहीका लागि गौर भन्सार र जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको ओलीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार
अनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा राणा चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १२, २०८१ बुधबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार