स्वास्थ्य सामग्री खरिद गर्न पूर्वराज्यमन्त्री बुढाको आर्थिक सहयोग
नेपालबहस संवाददाता
जेठ १९, २०७८ बुधबार १६:९:१३
१९ जेठ,डोल्पा । प्रतिनिधिसभा सदस्य तथा पूर्वराज्य मन्त्री धनबहादुर बुढाले कोरोना विरुद्धका स्वास्थ्य सामग्री खरिदका लागि आर्थिक सहयोग गरेका छन् । उनी डोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । विश्वव्यापीरूपमा फैलिरहेको दोस्रो लहरको कोरोना भाइरसबाट जिल्लाका नागरिकलाई जोगाउन उनले रु तीनलाख सहयोग गरेका छन् ।
जिल्लामा सञ्चालित ‘नागरिक उद्धार कोष’कालागि रु दुई लाख र ‘हेल्पिङ हेण्ड’ डोल्पाकालागि रु एक लाखसहयोग गरेको पूर्वराज्यमन्त्री बुढाले जानकारी दिए । जिल्लाका युवा अभियानकर्मीहरुले शुरु गरेको आर्थिक सङ्कलन अभियान अत्यन्तै प्रशंसनीय कार्य भएकाले यसमार्फत कोरोना विरुद्धको अत्यावश्यक सामग्री खरिदका लागि सहयोग गरेको बुढाको भनाइ छ ।
विपन्न संक्रमित नागरिकका लागि अक्सिजन सिलिण्डर,औषधि, मास्कलगायतका महत्वपूर्ण सामग्री खरिदकालागिसहयोग गरेको भन्दै उनीप्रति युवा अभियानकर्मीहरुले आभार व्यक्त गरेकाछन् ।दुई सामाजिक संस्थाले शुरु गरेको आर्थिक सङ्कलन अभियानमा देश विदेशबाट सहयोग जुटिरहेको उल्लेख गर्दै अभियानकर्मी बालकृष्ण डाँगीले अत्यावश्यक स्वास्थ्य सामग्री खरिद गरेर अस्पताल,स्वास्थ्य चौकी तथा स्थानीय तहमा वितरण गर्नेक्रम जारी रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार