जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ १९, २०७८ बुधबार २२:२४:२८
१९ जेठ, काठमाडौं । नेपाल प्रहरीले ललितपुर र सुनसरीबाट जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । ललितपुर, ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-३ मोतिचौर बस्ने सप्तरी सोम्भुनाथ नगरपालिका-२ घर भएका २० वर्षीय राम आशिस सदालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
गोदावरी नगरपालिका-३ मोतिचौरको निर्माणाधिन होटेल भवनभित्र सदाले आइतबार साँझ ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै प्रहरीले सुनसरी, ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका-३ सुनौलो टोल बस्ने ६७ वर्षीय भबिराज दमाईलाई मंगलबार दिउँसो पक्राउ गरेको छ ।
भबिराजले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगन्जमा गाँजासहित चार जना पक्राउ
पुष २४, २०८१ बुधबार
लागूऔषधसहित विभिन्न ठाउँबाट सात जना पक्राउ
पुष २४, २०८१ बुधबार
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पुष २४, २०८१ बुधबार
दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरहगाह बनाउन रूख कटानको सम्झौता
पुष २४, २०८१ बुधबार
अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
१० लाख धरौटीमा रिहा भइन् लेखा समिति सभापतिकी श्रीमती अञ्जला कोइराला
पुष २४, २०८१ बुधबार
नेपाल नबन्नुको कारण
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
बागमती सफाइ अभियानमा काठमाडौं महानगरका वडाले सघाउने
पुष २४, २०८१ बुधबार