व्यापारीले आफूखुशी मूल्य बढाएसंगै बजार अनुगम
नेपालबहस संवाददाता
जेठ २०, २०७८ बिहिबार १९:३२:५५
२० जेठ,डोटी । डोटीमा व्यापारीले आफूखुशी मूल्य बढाएको गुनासो आउन थालेपछि जिल्ला प्रशासनले बजार अनुगम शुरु गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका समयमा यहाँका व्यापारीले आफूखुशी मूल्य बढाएको गुनासो आएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा प्रशासकीय अधिकृत मधुकृष्ण पौडेलसहितको टोलीले यहाँका प्रमुख बजार दिपायल, पिपल्ला, राजपुरलगायतका क्षेत्रका पसलमा अनुगमन गरिरहेको छ । अनुगमनमा नगरपालिकाका कर्मचारी, पत्रकार, नागरिक समाज, उपभोक्ता समितिका पदाधिकारी तथा वाणिज्य सङ्घका पदाधिकारीसमेत सहभागी भएका छन् । जिल्लामा निषेधज्ञाको समयमा व्यापारीले आफूखुशी मूल्य लिन थालेको पटक–पटक गुनासो आएपछि प्रशासनले बल्ल अनुगमन शुरु गरेको हो ।
उक्त अनुगमन समितिले सरकारी दरअनुसारको बजार मूल्यमा एकरुपता भए÷नभएको विषयमा जानकारी लिनाका साथै उपभोग्य मिति भए÷नभएको बारेमा समेत जानकारी लिन थालेको छ । अनुगमनका क्रममा बजारमा म्याद सकिएको अवस्थामा भेटिएका नरिवल लड्डु, चाट मसला, मिट मसला, जिरा, तिल, मेथी, बिस्कुटलगायतका खाद्य सामग्री बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।
म्याद सकिएका अखाद्य वस्तु बिक्री वितरण गर्ने तथा तोकिएभन्दा बढी रकम उपभोक्ताबाट लिएको पाइएमा तत्काल कारवाही गरिने योजनाअनुसार जिल्लामा बजार अनुगमनलाई तीव्रता दिइएको उनले जानकारी दिए । बजार अनुगमनका क्रममा पसल, फर्म दर्ता, इजाजत, कर कार्यालयमा दर्ता, करचुक्ता, नापतौललगायतको समेत निरीक्षण गर्न थालिएको छ ।
अनुगमन समितिका सदस्य तथा उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले बजारमा दैनिक उपभोग्य सामानको मूल्यवृद्धि गरी सामान बेच्ने गरेको प्रमाणसहित गुनासो वा उजुरी आए तत्काल कारवाहीका लागि सिफारिश गरिने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीमा
मंसिर १२, २०८१ बुधबार
एमालेको जागरणसभा स्थलमा रक्सीका बोलत असरल्ल थिए, फोहोर २ ट्रक भयोः वेस्ट मेनेजमेन्ट
मंसिर १२, २०८१ बुधबार
भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार