रिचार्जरले भित्र्यायो उत्कृष्ट ब्राण्डका अक्सिजन कन्सन्ट्रेटर नेपाली बजारमा
नेपालबहस संवाददाता
जेठ २०, २०७८ बिहिबार २३:३:२८
२० जेठ, काठमाडौं । ई कमर्श प्लेटफर्म रिचार्जरले कोभिड बिरामीका लागि आवश्यक पर्ने उत्कृष्ट ब्राण्डका अक्सिजन कन्सन्ट्रेटर नेपाली बजारमा भित्र्याएको । यस अघि कोभिड प्रोटेक्टिभ उपकरणको बिक्री बितरण गर्दै आएको रिचार्जरले अक्सिजनको अभावलाई ध्यानमा राख्दै अस्पताल तथा घरायसी प्रयोजनका लागि ठुलो संख्यामा अक्सिजन कन्सन्ट्रेटर भित्र्याएको हो ।
ग्लोबल की टेक्नोलोजी रिचार्जरले विश्व बजारका उत्कृष्ट ब्राण्ड भित्र्याएसँगै राष्ट्रिय आविष्कार केन्द्रले रिचार्जरबाट ठुलो संख्यामा अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको छ । रिचार्जरबाट आविष्कार केन्द्रले ५ लिटर तथा १० लिटर क्षमताका विभिन्न ब्राण्डका सय थानभन्दा बढी अक्सिजन कन्सन्ट्रेटरहरु खरिद गरेको हो ।
उत्कृष्ट ब्राण्ड मध्ये काइया ZY-5CA ५ लिटर १७.८ के.जी, QJ–ZY10La १० लिटर ३६ के जी र Carer ब्राण्डको ५ लिटरको CR–F5SW , CR–P5W अक्सिजन कन्सन्ट्रेटर लोकप्रिय छन् । लोकप्रिय मानिएका ब्राण्डलाई पहिलो प्राथमिकतामा राख्दै राष्ट्रिय आबिस्कार केन्द्रबाट जाच पास भएको २ बर्ष सम्मको वारेन्टी उपलब्ध गराउने रिचार्जरले जनाएको छ ।
घरायसी तथा अस्पताल प्रयोजनका ५ र १० लिटर क्षमताका अक्सिजन कन्सन्ट्रेटरहरु ३५ हजार रुपैंयादेखि १ लाख ८८ हजार सम्ममा उपलब्ध हुने छन् । नेपाली बजारमा कोभिडसँग सम्बन्धि सामान खरिदका लागि रिचार्जर रोजाईमा परेको छ । एन जी ओ , आई एन जी ओ, अस्पताल, बैंक,फाईनान्स, को अप्रेटिभ , कर्पोरेट हाउसलाई रिचार्जरले सहज रुपमा बजारमूल्य भन्दा सस्तोमा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउनेछ ।
पल्स अक्सीमिटर, मास्क , सेनिटाईजर , पीपीई सेट , लगायतका सामान रिजारजर एपमा सस्तो मुल्यमा उपलब्ध हुने छ । एनआईसी एशिया बैकको भिसाकार्ड वाहले किस्ताबन्दीमा अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न सक्ने ग्लोबल कि टेक्नोलाजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
एफवान सफ्ट ग्रुप द्वारा "फोनपोईन्ट्स" नामक नयाँ कम्पनीको सुरुवात
पुष २६, २०८० बिहिबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
बुद्ध जयन्तीको अवसरमा भारतीय राजदूतावासद्धारा विविध कार्यक्रम आयोजना
जेठ ९, २०८१ बुधबार
सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौं : प्रधानमन्त्री
जेठ ९, २०८१ बुधबार
घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार