टोकियो ओलम्पिकका खेल प्रेमीहरूको जापानमा चहलपहल सुरू
नेपालबहस संवाददाता
जेठ २०, २०७८ शुक्रबार ४:१६:१३
२० जेठ, टोकियो । टोकियो ओलम्पिक खेलको उद्घाटनको ५० दिन बाँकी रहँदा आयोजकहरूले बिहीबार प्रतिस्पर्धामा समाबेश गरिने खेलको सूची सार्वजनिक गरेको छ ।
आयोजक समितिका अध्यक्ष सेको हाशिमोतोले भलिबल प्रतियोगिताको आयोजना गर्ने यारिआके एरिनामा आयोजित अनावरण समारोहमा भने, “कोभिड–१९ का कारण जापानको राजधानी टोकियोलगायतका कतिपय सहरमा स्वास्थ्य सङ्कटकाल जारी रहेपनि ओलम्पिक खेलहरू यथावत सञ्चालन गरिनेछन् ।”
“मलाई विश्वास छ ‘समारोह’ ले यस समयमा खेलकुदको महत्व बुझ्न हामीलाई मौका दिनेछ,” हाशिमोतोले भने । “हामीसँग अब ५० दिन मात्र बाँकी छ,” उनले भने । “यतिबेला समुद्र पार गरेर टोकियोमा भेला हुने खेलाडीका चाललाई मैले सुन्न वा देख्न थालेको छु ।”
होशिमोतोले स्थानीय एक खेलकूद् पत्रिका निक्कानसँग भने, “यदि विश्वका विभिन्न देशहरूले धेरै गम्भीर अवस्थाको अनुभव गरेका र धेरै जसो देशहरूबाट खेलका लागि प्रतिनिधिमण्डलहरू आउन नसकेका भए हामी ओलम्पिक गर्न असमर्थ हुने थियो ।
सहयोग र समर्थनका लागि विश्वका सबै खेलसँग सम्बन्धित खेलाडी र त्यहाँका सरकार तथा खेलकूद् संस्थाहरूप्रति टोकियो खेल आयोजक समिति आधार व्यक्त गर्न चाहन्छ ।” अहिलेकोभन्दा निकै प्रतिकुल समय नआएमा खेलहरू रद्द नहुन उनले बताए ।
जापानमा कोभिड–१९ संक्रमित को सङ्ख्यामा मे को अन्तिमदेखि कमी आउन थालेको छ । बिहीबार टोकियो नगर क्षेत्रका ५०६ संक्रमितसहित दुई हजार ८०० व्यक्तिमा कोभिड संक्रमण पुष्टि भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपब्राजिलमा मस्कलाई ठुलो झट्का, ३० लाख डलर जरिवाना तिर्न अदालतको आदेश
भदौ २९, २०८१ शनिबार
विज्ञापनसँग सम्बन्धित मुद्दाको सामना गर्दै गुगल
भदौ २५, २०८१ मंगलबार
आईफोन पहिलो पटक कसरी सिर्जना गरिएको थियो ?
भदौ २५, २०८१ मंगलबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार