विघटनको बाटोमा गण्डकी प्रदेशसभा
नेपालबहस संवाददाता
जेठ २५, २०७८ मंगलबार १३:११:५९
२५ जेठ, काठमाडौं। प्रदेशसभामा आगामी आर्थिक बर्षको बजेट पेश नहुँदै गण्डकी प्रदेशसभा विघटन उन्मूख देखिएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत पनि नपाउने र राजमाका एक सांसदले बिपक्षी गठबन्धनलाई सरकार बनाउन सहयोग नगर्ने भएपछि गण्डकी प्रदेशसभा विघटनको खतरा बढेको हो।
गत बैशाख २९ गते मन्त्री गुरुङ्ग प्रदेश सभामा प्रतिनिधित्व गर्ने सवैभन्दा ठुलो दलको हैसियतमा पुन मुख्यमन्त्री नियुक्ति भएको छन् । संविधान अनुसार त्यसरी नियुक्ति भएको मुख्यमन्त्रीले तीस दिन भित्र प्रदेशसभा बाट विश्वासको मत लिनुपर्ने वाध्यता अनुसार उनले विश्वासको मत लिनुपर्ने छ ।
प्रदेश गण्डकी प्रदेश सरकारले यहि जेठ २७ गते भित्र विश्वासको मत लिनुपर्ने बाध्याता छ । दुवै पक्षले विश्वासको मत लिने आधार नबने पनि विश्वासको मत लिने दिन नजिकिदै जाँदा दुवै पक्ष बहुमत जुटाउन लागिपरेका छन् ।
६० सदस्यी प्रदेशसभामा एमालेका २७ नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११ (सभामुख बाहेक) र जसपाका २ राजमो ३ र एक स्वतन्त्र उम्मेदवार रहेका छन् । जसमध्ये विपक्षी गठबन्धनमा २८ सांसद छन् । मुख्यमन्त्री गुरुङ्गको पक्षमा पनि स्वतन्त्र उम्मेदावार सहित २८ सांसदको समर्थन छ । सरकार परिवर्तनका लागि ३१ सांसद संख्या आवश्यक पर्छ ।
राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा विपक्षी गठवन्धको सरकार बनाउने पार्टीको निर्णय विपरित गएपछि प्रदेश सभा कसैकोपनि बहुमत नजुटने अवस्था आएको हो । पार्टी उनलाई कारवाही गरी सांसदपदबाट निलम्वन गरेर विपक्षी गठवन्धलाई मुख्यमन्त्ती बनाउ सहज बनेको वेला सर्वोच्चले अन्तरिम आदेशबाट उनको पद कायम राखिदिएपछि कतै पनि बहुमत नपुग्ने अवस्था सृजना भएको छ ।
यसै बीच सभामुखलाई राजीनामा गराएर भएपनि प्रदेशसभा विघटन हुन नदिने विकल्पको रुपमा समेत छलफल समेत सुरु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
लगानीको सुरक्षा गर्न गण्डकी प्रदेश सरकार तयार: मुख्यमन्त्री पाण्डे
कात्तिक २६, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार