जापानलाई कर्मथलो बनाएका तीन युवाले गरे आर्थिक सहयोग
नेपालबहस संवाददाता
जेठ २५, २०७८ मंगलबार १९:१०:४
२५ जेठ,बागलुङ । जापानलाई कर्मथलो बनाएका बागलुङका तीन युवा मिलेर धवलागिरि अस्पताललाई रु एक लाख सहयोग गरेका छन् । बागलुङ नगरपालिका–८ सिगानाका प्रकाश खड्का, नौ तित्याङका कृष्ण खड्का र काठेखोला गाउँपालिका–१ पालाका राजेश खत्रीले सो सहयोग गरेका हुन् ।
स्थानीय संयोजनकर्ता पत्रकार राम थापाले आज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरलाई सहयोग रकम हस्तान्तरण गरेका थिए । कोरोना महामारीसँग जुधिरहेको अस्पताललाई अत्यावश्यक चिकित्सा सामग्रीरऔषधि जोहोका लागि सघाउ पुगोस् भन्ने उद्देश्यले आर्थिक सहायता प्रदान गरिएको प्रकाशले बताए ।
“अस्पतालमा अक्सिजन अभाव भएको खबर थाहा पाएपछि जेजति सकिन्छ सहयोग गरौँ भन्ने सोच आयो”, उनले भने, “सङ्कटमा साथ दिनु स्वदेशप्रतिको हाम्रो दायित्व पनि त हो ।” खड्काद्वय र खत्रीको जापानमा ‘नेपलिज ग्लोबल ग्रुप जापान’ नाम गरेको कम्पनी छ । सहयोग बुझेपछि अस्पतालका अध्यक्ष मगरले उक्त रकमको सदुपयोग गरिने प्रतिबद्धता जनाए ।
“हामी टिममा पनि छलफल गर्छौँ, अक्सिजन सिलिण्डर या अरु कुनै अत्यावश्यकीय सामग्री व्यवस्थापनमा खर्च हुन्छ”, उनले भने, “महामारीको कठिन घडीमा प्रवासी युवाले गरेको सहयोग हाम्रा लागि अमूल्य छ ।” कोरोना रोकथाम, नियन्त्रण र उपचारमा सिङ्गो राज्य संयन्त्र लागे पनि जनस्तरबाटसमेत स्वतःस्फूर्तरूपमा सहयोग जुटिरहेको छ ।
यसअघि आइतबार मात्र जापानमा रहेका तीन नेपाली संस्थाले धवलागिरि अस्पतालसहित गलकोट नगरपालिका र ताराखोला गाउँपालिकालाई रु सात लाख ३७ हजार बराबरका चिकित्सा सामग्री उपलब्ध गराएका थिए । महामारीको यस विषम स्थितिमा स्वास्थ्य क्षेत्रका लागि देशविदेशबाट सहयोग जुट्ने क्रम जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
लगानीको सुरक्षा गर्न गण्डकी प्रदेश सरकार तयार: मुख्यमन्त्री पाण्डे
कात्तिक २६, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
मंसिर १२, २०८१ बुधबार
एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
पूर्वराजा शाह अर्को साता नेपालगञ्ज भ्रमणमा
मंसिर १२, २०८१ बुधबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार