बीबीसीदेखि विश्वका प्रमुख मिडिया वेबसाइटको सेवा अवरुद्ध
नेपालबहस संवाददाता
जेठ २५, २०७८ मंगलबार २३:२२:२५
२५ जेठ, एजेन्सी । बीबीसी सेवादेखि विश्वका प्रमुख मिडिया वेबसाइटको सेवा मंगलबार अवरुद्ध भएको छ । आज केही बेर फाइनान्सियल टाइम्स, न्युयोर्क टाइम्स र ब्लूमवर्ग न्युजको वेबसाइट सेवा अवरुद्ध बन्न पुगेको हो ।
सीएनएन र फ्रान्सको ले मोन्डेको सेवामा पनि केही ‘त्रुटि’ देखिएको छ । त्यस्तै अमेजन डटकमको सेवा पनि अवरुद्ध बनेको थियो । अमेजनले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।
बेलायतको गार्डिजन पत्रिकाले आफ्नो वेबसाइट र एप प्रभावित बनेको बताएको छ । अन्य केही बेलायती मिडिया वेबसाइटमा पनि समस्या देखिएको छ । बेलायत सरकारको प्रमुख वेबसाइटको सेवा पनि अवरुद्ध भएको छ ।
बीबीसीका अनुसार उसका अन्य आउटलेटहरुमा समस्या भएको छ। त्यस्तै अलजजीराका अनुसार उसका केही सब-होस्टिङमा समस्या देखिएको छ भने मुख्य पृष्ठ भर्खरै खुलेको छ।
ठूलो व्यापारिक वेबसाइट अमेजन डटकम कुनै ठाउँमा खुल्ने र कुनै ठाउँमा नखुल्ने समस्या देखिएको छ। उसले आफ्नो साइटको समस्याबारे केही बताएको छैन। बेलायतको गार्डियन अखबारले आफ्नो साइटमा पनि समस्या देखिएको बताएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपब्राजिलमा मस्कलाई ठुलो झट्का, ३० लाख डलर जरिवाना तिर्न अदालतको आदेश
भदौ २९, २०८१ शनिबार
विज्ञापनसँग सम्बन्धित मुद्दाको सामना गर्दै गुगल
भदौ २५, २०८१ मंगलबार
आईफोन पहिलो पटक कसरी सिर्जना गरिएको थियो ?
भदौ २५, २०८१ मंगलबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार