डाँका मुद्धाका फरार प्रतिवादी ३८ वर्षपछि पक्राउ
नेपालबहस संवाददाता
जेठ २५, २०७८ बुधबार ०:९:३९
२५ जेठ,कञ्चनपुर । डाँका मुद्धाका फरार प्रतिवादी बेलौरी नगरपालिका २ का ५५ वर्षीय चन्द्रकान्त भनिने लालबहादुर लुहारलाई प्रहरीले ३८ वर्षपछि आज पक्राउ गरेको छ । घरमै लुकिछिपी बसेका अवस्थामा प्रहरीले लुहारलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार लुहारले विसं २०४० मा लारी डिष्टीलरी बेलौरीबाट अन्त शुःल्क वापतको सरकारी रकम लक्ष्मीपुर पुर्नवासस्थित राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्न जाने क्रममा बन्दुकलगायत हातहतियार देखाई लुटपाट गरेका थिए ।
कञ्चनपुर जिल्ला अदालतको विसं २०४२ को फैसलानुसार लुहारलाई तीन वर्ष एक महिना १५ दिन कैद सजाय तोकिएको थियो । वारदातदेखि लुहार फरार रहँदै आएका थिए । पक्राउ परेका लुहारलाई कञ्चनपुर जिल्ला अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगन्जमा गाँजासहित चार जना पक्राउ
पुष २४, २०८१ बुधबार
लागूऔषधसहित विभिन्न ठाउँबाट सात जना पक्राउ
पुष २४, २०८१ बुधबार
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पुष २४, २०८१ बुधबार
दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरहगाह बनाउन रूख कटानको सम्झौता
पुष २४, २०८१ बुधबार
अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
१० लाख धरौटीमा रिहा भइन् लेखा समिति सभापतिकी श्रीमती अञ्जला कोइराला
पुष २४, २०८१ बुधबार
नेपाल नबन्नुको कारण
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
बागमती सफाइ अभियानमा काठमाडौं महानगरका वडाले सघाउने
पुष २४, २०८१ बुधबार