निषेधाज्ञामा पनि बीरगञ्जमा मदिरा पसल संचालन, रक्सी खान भारतीयहरुको लर्को

नेपालबहस संवाददाता
जेठ २६, २०७८ बुधबार १९:३५:११

२६ जेठ, बीरगञ्ज । प्रहरी चौकी सबैठ्वाको मिलोमतोमा तस्करी फस्टाएको र अवैध घरेलु मदिरा पसल संचालनमा रहेको भेटिएको छ । दिनहुँ यो एरियाबाट कपडा, हार्डवेयर ,मेिशनरी पार्ट ,भैसी, किराना आइटम ,आलु प्याज ,राजनिवास र रजनीगन्धाको तस्करी भइरहेको छ ।
कोरोना महामारीको समयमा पनि प्रहरी चौकी सबैठवाको संरक्षणमा अवैध घरेलु मदिरा पसल संचालनमा रहेको छ । महामारीको समयमा पसल बन्द गर्न लगाउने, भीडभाड गर्न नदिने जस्ता जनचेतना जगाउँदै हिड्नु पर्ने प्रहरीकै संरक्षणमा अवैध मदिरा पसल संचालन हुनुले प्रहरी माथि गम्भीर प्रश्न उठेको छ ।
स्थानीय जनता भन्छन्, यो कस्तो प्रहरी प्रशासन हो ? कोरोना महामारीसँग सुरक्षित रहन र फैलन नदिन जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाभरी निषेधाज्ञा र सीमा नाका बन्द गरेको छ । तर सबैठ्वामा प्रतिदिन २ सयको हाराहारीमा भारतीयहरु रक्सी खान नेपाल आउने गरेका छन् । के यसबाट करोना सर्दैन ?
लकडाउनमा अवैध मदिरा पसल संचालन र ८०/८५ जना भारतीयलाई भट्टी पसलमा रहेका र होहल्ला गरेको देखेर प्रहरी चौकी सबैठ्वाका इन्चार्ज बिटु सिंहलाई जानकारी गराउँदा असई सिंहले आफूसँग कुरा गर्ने टाइम नभएको भनेर फोन काटेको थिए । एकजना मदिरा पसल संचालकका अनुसार प्रति मदिरा पसल संचालकसँग मोटो रकम बुझी संचालन गर्न अनुमति दिएको बताए ।
प्रहरी चौकी सबैठ्वाका इन्चार्ज बिटु सिंह निकै बदनाम भएका असई हुन । उनी प्राय जसो बोर्डर एरियामा नै इन्चार्जको रुपमा हाकिमलाई विभिन्न लोभलालचमा पारी जाने गरेका छन् । असई सिंह तस्करी गराउनमा निकै खेलाडी माहिर खेलाडी भएको प्रहरीहरु नै बताउँछन् ।उनले प्रहरी चौकी मिर्जापूरमा बस्दा गिटी ,बालुवा र विभिन किसिमको तस्करी गराएपछि निकै बदनाम भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
फागुन ८, २०८१ बिहिबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
फागुन २, २०८१ शुक्रबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार