विघटनको बाटोमा गण्डकी प्रदेशसभा, मुख्यमन्त्रीमा फेरी गुरुङको दावी
नेपालबहस संवाददाता
जेठ २९, २०७८ शनिबार २२:१:४३
२९ जेठ, काठमाडौं । गण्डकी प्रदेशसभा प्रतिनिधिसभा जस्तै विघटनको बाटोमा जाने निश्चित देखिएको छ । विश्वासको मत लिन अससफल मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा पुन: दावी पेश गरेपछि प्रदेश सभा विघटन तर्फ उन्मूख बनेको हो।
हुँदै नभएको समर्थन देखाएर मुख्यमन्त्रीमा पुन: गुरुङले दावी गरेर प्रतिनिधिसभा जस्तै नै प्रदेश सभा विघटन गर्न लागिएको आशंका प्रतिपक्षीदलहरुले गरेका छन् ।
आज दिउँसो ३ बजेसम्म दिएको समयमा मुख्यमन्त्री एवम एमाले संसदीय दलका नेता पृथ्वी सुब्वा गुरुङ्ग र नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेलको मात्र दावी परेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
गुरुङ्गले नेकपा एमाले, जनता समाजबादी दल र राजमो सहित आफ्नो पक्षमा बहुमत सदस्यहरुको समर्थन रहेको भन्दै दावी पेश गर्नु गरेका छन् । पोख्रेलले नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जसपा एक स्वतन्त्र सांसद गरी ३१ सांसद बहुमत प्रदेशसभा सदस्यको समर्थन रहेको दावी गर्दै प्रदेश प्रमुख समक्ष हिजै पत्र बुझाएका थिए । मुख्यमन्त्रि गुरुङले भने आज प्रदेश प्रमुखको निवासमा गएर पत्र बुझाइएको बताइएको छ। अहिले दुवै दावी उपर अध्यान भइरहेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
उपधार १६८ को तीन अनुसार सरकारले विश्वासको मत लिन नसकेपछि कुनै सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सक्ने संवैधानिक ब्यवस्था छ ।
त्यसरी नियुक्ती गरेको मुख्यमन्त्रीले विश्वासको मत लिन नसकेमा वा नयाँ सरकार गठन हुन नसकेमा मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभालाई विघटन गरी छ महीनाभित्र अर्को प्रदेश सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचन मिति तोक्ने संवैधानिक व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
लगानीको सुरक्षा गर्न गण्डकी प्रदेश सरकार तयार: मुख्यमन्त्री पाण्डे
कात्तिक २६, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार