एकमहिने रक्तदान कार्यक्रममा ३५० पिन्ट रगत सङ्कलन
नेपालबहस संवाददाता
जेठ ३०, २०७८ आइतबार २०:४७:२२
३० जेठ,कैलाली । सुरक्षित मातृत्व सञ्जाल महासंघले कोरोना महामारीबीच धनगढीमा आयोजना गरेको एकमहिने रक्तदान कार्यक्रमअन्तर्गत आज अन्तिम दिनसम्म ३५० पिन्ट रगत सङ्कलन भएको छ ।
धनगढी उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा महासंघले यही जेठ १ गतेबाट शुरु गरेको रक्तदान कार्यक्रमको ३०औँ दिनसम्म ३५० पिन्ट रगत सङ्कलन भएको सुरक्षित मातृत्व सञ्जाल महासंघका अध्यक्ष तपेन्द्र भुसालले जानकारी दिए ।
कोरोना महामारीबीच कुनै पनि रगतको आवश्यकता भएका मानिसलाई अभावका कारण अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष भुसालले बताए । कोरोनाका कारणले मात्र अप्ठ्यारो परेका मानिसलाई मात्र नभई अन्य नियमित रुपमा चाहिने व्यक्ति, दुर्घटनामा परेका, डेलिभरीलगायत अन्य बिरामीका लागि पनि रगत सजिलै उपलब्ध गराउने अभियान रहेको उनको भनाइ छ ।
रक्तदान कार्यक्रमलाई अझै प्रभावकारी बनाउन केही दिन समुदाय तथा वडास्तरमा समेत रक्तदान कार्यक्रमको आयोजना गरेको बताइएको छ । एकमहिने रक्तदान अभियानमा हालसम्म यहाँका विभिन्न संघसंस्था तथा क्लबमा आबद्ध व्यक्ति, विद्यार्थी, खेलाडी, दलका भ्रातृ सङ्गठन, समाजसेवी, सर्वसाधारण लगायतले रक्तदान गरेको महासंघले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार