सत्यवती तालसम्म पुग्न केवलकार जडानको तयारी
नेपालबहस संवाददाता
जेठ ३१, २०७८ सोमबार १७:४५:३२
३१ जेठ, काठमाडौं । पाल्पा जिल्लाको तिनाउ गाउँपालिकामा रहेको ऐतिहासिक, धार्मिक, पर्यटकीय स्थल सत्यवती तालसम्म पुग्नका लागि केवलकार जडान गरिने भएको छ । निजी क्षेत्रको लगानीमा सिदार्थ राजमार्गदेखि सत्यवती तालसम्म करिब एक हजार ३५० मिटर लामो केवलकार जडान गर्न लागिएको हो ।
सिद्धार्थ राजमार्गको चौबिसमाइलदेखि सत्यवती तालसम्म केवलकार जडान गर्ने तयारी छ । सत्यवती मन्दिरमा केबुलकार सहित अन्य संरचना निर्माणका लागि निजी क्षेत्रबाट एक अर्ब १० करोड लगानी गरिने सत्यवती दर्शन प्रालिका सञ्चालक डिल्लीराम बस्याले जानकारी दिएका छन् ।
हालसम्म केबलकार निर्माणका लागि डीपीआर तयार भईसकेको, केबलकारसहित होटल, बगैँचा र अन्य पूर्वाधारका लागि आवश्यक जग्गा खरिदको काम सकिएको बस्यालले बताउनुभयो । केबलकारको संरचना निर्माण सुरु गरेको डेढ वर्षभित्र सबै काम सकिने गरी काम थाल्ने लगानीकर्ताले जनाएका छन् ।
सत्यावती ताल पाल्पा जिल्लाको तिनाउँ गाउँपालिका वडा नं. ४ मा डाँडामा छ । त्यहाँ चिच्याएर सत्यवती बज्यै वर देउ भनेर वर माग्ने पुरानो चलन छ । सत्यवती तालमा कार्तिक पूर्णिमाको दिन ३ दिनसम्म मेला लाग्दछ । यहाँ भारतको गोरखपुरबाट समेत मानिसहरु दर्शन गर्न आउँछन् । सत्यवती माईले दिएको वर पुग्दछ भन्ने आम मानिसमा मान्यता छ । सत्यवती तालको लागि कात्तिक पूर्णिमा विशेष पर्व हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
लिथुआनियामा विमान दुर्घटना हुँदा एक जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
सन् २०२३ को अक्टोबर देखि एघार हजार भन्दा बढी प्यालेस्टिनी हिरासतमा
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार
लोप हुन थालेको ‘बुट्टेनली’ संरक्षणको प्रयास
मंसिर १०, २०८१ सोमबार
महानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार