शक्तिशाली स्पेस लन्च सिस्टम एसएलएस रकेट पहिलो पटक सार्वजनिक
नेपालबहस संवाददाता
जेठ ३१, २०७८ सोमबार २२:३१:२७
३१ जेठ, काठमाडाैं। अमेरिकी अन्तरिक्ष निकाय नासाले यो दशकमा चन्द्रमामा मानिस पुर्याउने लक्ष्य राखिएको शक्तिशाली स्पेस लन्च सिस्टम एसएलएस रकेट पहिलो पटक सार्वजनिक गरेको छ।
शुक्रवार फ्लोरिडाको केनेडी स्पेस सेन्टरमा इन्जिनियरहरूले २१२ फिट अग्लो रकेटको मूल भागलाई दुई साना बुस्टर रकेटको बीचमा जोडेर उभ्याएको बीबीसीले समाचारमा जनाएकाे हाे ।
समाचारमा उल्लेख गरिए अनुसार साे रकेटको तीन मुख्य भागहरू प्रक्षेपण गर्ने डिजाइनमा जोडिएको यो पहिलो पटक हो। यो वर्षको अन्त्यसम्म एसएलएसलाई पहिलो पटक प्रक्षेपण गर्ने नासाको योजना छ।
सो प्रक्षेपणको बेला एसएलएसले ओरिअन नाम दिइएको मानव यात्रा गर्ने यानलाई पनि चन्द्रमातर्फ लग्ने छ। तर सो उडानमा यात्री भने नहुने जनाइएको छ। इन्जिनियरहरू सन् २०२३ मा यात्रीलाई उडाउनुअघि रकेट र यान दुवैको परीक्षण गर्न चाहन्छन्।
एसएलएसमा चार शक्तिशाली इन्जिनहरू छन् भने दुई वटा १७७ फिट अग्ला साना बुस्टर रकेट छन्। ती साना बुस्टर रकेटले जमिनबाट एसएलएसलाई प्रक्षेपण गर्न आवश्यक शक्ति प्रदान गर्नेछन्।
शुक्रवार र शनिवार केनेडी स्पेस सेन्टरमा क्रेनहरू प्रयोग गरेर तेर्सो रहेको रकेटहरूलाई अस्थायी लञ्चरमाथि सीधा राखिएको थियो। अब रकेटको परीक्षण, निरीक्षण र सुधार गरिने नासाले जनाएको छ।
गत वर्षको नोभेम्बरमा यो रकेटका अंशहरू जोड्न थालिएको हो। गत मार्चमा यसको मुख्य इन्जिनहरूलाई आठ मिनेट चलाएर सफलतापूर्वक परीक्षण गरिएको थियो।
सन् १९७२ पछि चन्द्रमामा मानिस पुगेका छैनन् तर अबको केही वर्षमा त्यहाँ अन्तरिक्ष यात्री पुर्याउने नासाको लक्ष्य छ। यसका लागि नासाले हालै चन्द्रमामा अवतरण गर्ने यान निर्माणका लागि स्पेसएक्ससँग सम्झौता गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिकोन एक्सपेरिएन्स हव, नेपालले बजारमा ल्यायो निकोनको नयाँ क्यामरा जेड ५० टू
माघ १२, २०८१ शनिबार
खगोलविद्हरूले पत्ता लगाए ७० करोड सूर्य निल्न सक्ने ब्ल्याक होल
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार