निषेधाज्ञाले कवाडी बेच्ने तामाङलाई छाक टार्नै गाह्रो
नेपालबहस संवाददाता
जेठ ३१, २०७८ सोमबार २३:३०:३०
३१ जेठ,लमजुङ । “सानो छ खेत, सानो छ बारी, सानै छ जहान
नगरी काम, पुग्दैन खान, साँझ र बिहान ।”
कवि दैवराज न्यौपानेले यी हरफमा उल्लेख गरे झैँ ताप्लेजुङ घर भइ लामो समयदेखि लमजुङको बेँसीशहर नगरपालिका–८ शेराबजारमा बस्नुभएका ६५ वर्षीय बलबहादुर तामाङको जीवनमा यस्तै भइरहेको छ । दैनिक काम काम नगरे छाक टार्न गाह्रो हुन्छ ।
तामाङलाई दिनभरी काम ग¥यो, बेलुका बिहान आफू र परिवारका छाक टार्न ठिक्क हुन्छ । त्यही छाक टार्नका लागि उनी दिनरात लमजुङ बेँसीशहरका विभिन्न बजार चोक चोक र पसल पसलमा पुगेर कवाडी सामान बटुल्नु हुन्छ । यसरी बटुल्दै यसबाट आएको पैसाले परिवारको खुशीसँगै जीवनमा आफू पनि खुशीका साथ बस्दै आएका उनलाई यतिबेला भने समस्या र चिन्ता बढ्न थालेको छ । कोरोना संक्रमणका कारण जारी निषेधाज्ञाले बजारका पसलहरु सबै बन्द जस्तै छ । प्रशासनले केही अत्यावश्यक पसलहरु प्रत्येक दिन बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खोल्ने अनुमति दिएको छ ।
यस अवधिमा जे जति पसलबाट फ्याकेका अण्डाका क्रेड, विभिन्न सामान राखेका प्योकट, चाउचाउका प्याकेटका क्रेडडहरु बिहान बिहान बटुल्ने गरेको ६५ वर्षीय तामाङले बताए । उनले भने, ‘‘निषेधाज्ञा हुनुभन्दा पहिला सबै पसलहरु खुल्ने गर्दथ्यो र पो, धेरै पसल तथा चोकहरुमा ती सामानहरु भेटिने गर्दथ्यो तर यतिबेला सामनहरु पाउन नै मुस्किल हुन्छ, परिवारको गुजारा चलाउन गाह्रो भयो ।’’
उनले ती कवाडी सामानहरु बटुलेर बेँसीशहर बजारकै एक कवाडी ग्यारेजमा दिने र सो वापत् पैसा लिएर दाल, चामल, नुन, तेल दैनिक पसलबाट लैजाने र खाने गरेको बताए । निषेधाज्ञा अघि दैनिक रु ७००–८०० सम्म आम्दानी गरेर जसोतसो परिवार धान्दै आएपनि यतिबेला दैनिक एक दुई सय भन्दा कमाई नभएकाले समस्या बढ्न थालेको तामाङको भनाइ छ ।
उनका अनुसार आम्दानी कम हुँदा एक श्रीमती धनमाया तामाङ र २२ वर्षीय मनिषा तामाङसहित तीन जनाको परिवारलाई समेत खानलाई समस्या हुन थालेको छ । उनको बेँसीशहरमा अरुको घरमा डेरा लिएर बस्दै आएका छन् । मासिक कोठा भारा मात्र तीन हजार रुपैयाँ बुझाउनुपर्छ, ग्यास, नुन, तेल, चामल सहित त महिनाकै धेरै खर्च हुने गरेको उनको भनाइ छ । सधैँ खर्च यतिमै मात्र सिमित हुँदैन, कहिले काही दुख विमार हुँदा पैसा बचत नहुँदा उपचार गर्नलाई समेत पटक पटक समस्या हुँदै आएको तामाङले सुनाए । यहाँ कोरोना संक्रमण फैलिरहेको छ, यसरी पसल पसल चोक चोकमा हिडेर सामग्री बटुल्दा कोरोना संक्रमण फैलिने डर हुने गरेको छ । तर के गर्नु काम त गर्नु नै प¥यो, ज्यानको बाजि राखेर भएपनि आफ्नो परिवारको खाली पेट त भर्नु नै पर्छ ।
रोग भन्दा भोकको डरको चिन्ताले मन अत्तालिने गरेको र छिट्टै निषेधाज्ञा खुलेमा काम गर्नलाई सहज हुने जनाउछन् । पहिला बेँसीशर नगरपालिका–१ उदिपुरमा रहेको ७० मेघावाटको मध्यमस्र्याङ्दी जलविद्युत आयोजनामा छ वर्ष काम गरेका तामाङले अहिले यो काम गर्न थालेका हुन् । निषेधाज्ञाका बेला तामाङ मात्र होइन, उनी जस्तै ती सामान बटुल्ने राम परिवार, सोमबहादुर दुलाल, त्यस्तै, अरुको भारी बोकेर जीवन निर्वाह गर्दै आएका गोपाल सार्की, बुद्धिबहादुर मिजार, सरोज परियारलगायत यहाँका करिब ३०÷४० जनाको समस्या यस्तै छ । ठेला गाडामा दैनिक फलफुलका सामग्री तथा चटपट बेचेर जीवनयापन गरेकालाई समेत छाक टार्न धौँ धौँ भइरहेको उनीहरुको भनाइ छ ।
बेँसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले भने, यतिबेला निषेधाज्ञा भएपनि काम गर्न खुल्ला गरेको र काम गरेर खान पाएका छन् तर खान नै नपाए नगरपालिकामा भन्न आएमा राहात दिने बताए । उनले संक्रमितलाई रु तीन हजार र संक्रमणबाट मृत्यु भएका परिवारलाई रु २० हजार दिने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
लगानीको सुरक्षा गर्न गण्डकी प्रदेश सरकार तयार: मुख्यमन्त्री पाण्डे
कात्तिक २६, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार