माओवादी नेता पाण्डेयको हत्या आरोपमा श्रीमतिसहित ११ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ३१, २०७८ मंगलबार ५:३७:२०
३१ जेठ, काठमाडौं । माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य नेता दीपक पाण्डेको गोली हानी हत्यामा उनकै श्रीमती संलग्न रहेको खुलेको छ। गत जेठ ५ गते राति तौलिहवा–जितपुर सडकखण्डको गोबरीमा पाण्डेयमाथि मोटरसाइकलमा आएका तीनजनाले गोली हानेका थिए ।
शरीरमा दुई गोली लागेका पाण्डेयको तीन दिनपछि उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको थियो । झण्डै एक महीनाको अनुसन्धानपछि प्रहरी पाण्डेयको हत्याको मुख्य योजनाकार उनकै श्रीमती महिमा पाण्डेय रहेको निष्कर्षमा पुगेको हो ।
प्रेमी ओमप्रकाश यादवसँग मिलेर आफ्ना पति तथा माओवादी केन्द्रका कपिलवस्तु जिल्ला नेता पाण्डेयमाथि एकैपटक दुई पिस्तोलबाट गोली चलाई मार्न लगाउने श्रीमती महिमा लामो निगरानीपछि हिजो घरैबाट समातिएकी छन् । जेठ ५ गते राती कपिलवस्तु नगरपालिका वडा नम्बर ३ गोबरीमा गुडिरहेको मोटरसाइकलबाट पाण्डेयमाथि दुई राउण्ड गोली प्रहार भएको थियो ।
पाण्डेयको हत्या आरोपमा प्रहरीले श्रीमतिसहित ११ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पत्नी महिमा, ओमप्रकाश यादव, रमजान साह मुसलमान, साकिर अलि पखिया रहेका छन् । प्रहरीले महिमा र ओम प्रकाशलाई मुख्य योजनाकार भनेको छ भने रमजान र साकिरले पाण्डेयलाई गोली हानेको उल्लेख गरेको छ ।
प्रहरीले हत्यामा सहयोग गर्ने र हतियार बिक्री गरेको आरोपमा अरु ७ जनालाई पनि पक्राउ गरेको बताएको छ । जसमा पूर्णवीर पाल्पाली, सद्दाम हुसेन खान, ज्ञानेन्द्रकुमार पाण्डेय, राधेश्याम चौधरी, श्रीराम कुर्मी, नसरत अलि र प्रवीण गुप्ता रहेका छन् ।
उनीहरुको साथबाट स्वचालित पेस्तोल एक थान, म्याग्जिन एक र गोली ८ राउण्ड, कटुवा पेस्तोल तथा गोली २ थान, जमिनमा गाडेर लुकाएको पेस्तोल, म्याग्जिन तथा ६८ राउण्ड गोली बरामद भएको छ । यसअघि प्रहरीले गोली हान्ने दुईजनालाई पक्राउ गरेको थियो । उनीहरुविरुद्ध हातहतियार खरखजाना, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान तथा संगठित अपराध मुद्दामा अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।
३२ वर्षकी श्रीमती महिमाको माइती नजिकैको खुनुवा हो । भारतमा पढेकी उनी खाइलाग्दी र चिरिच्याँट्ट परेर हिँडेको कारण ओमप्रकाशले मन पराएको प्रारम्भिक बयानको क्रममा खुलेको छ । घरमा श्रीमान हुँदाहुँदै अर्कासँग लागेर श्रीमानलाई नै सिध्याउने योजना बुनेपछि अहिले पाण्डेका ५ वर्षकी छोरी र ११ वर्षका छोराको बिचल्ली भएको छ । अब महिमाले बुनेको रंगीन सपना पनि जेलको चिसो छिँडीमा बित्ने भएको छ ।
प्रहरीसँगकाे बयानमा श्रीमतीले आफूले श्रीमान दिपकलाई मार्न लगाएको स्वीकारेकी छन् । शंकास्पद सबै मान्छेसँग बयान लिएपछि कुरो खुलेको प्रहरीको दाबी छ । शुरुमै अलिअलि शंका लागेपछि प्रहरीले महिमाको सुरक्षा भन्दै महिला प्रहरीलाई उनको घरमा नै निगरानीको लागि खटाएको थियो । सबै पक्षबाट हत्यामा श्रीमतीको हात रहेको पुष्टि भएपछि प्रहरीले उनलाई हिजो पक्रेको हो ।
हत्यामा प्रयोग गरिएका हतियार पनि प्रहरीले सबै बरामद गरेको छ । दिपक पाण्डेयमाथि दुई जनाले एकै चोटी फायर गरेको देखिएको छ । साकिर अली पखिया र रमजान साह मुसलमान दुबैले अर्को मोटरसाइकलमा पछाडि बसेर राती सडकमा गुडिरहेको बेला एकैपटक दिपकमाथि फायर खोलेका थिए ।
सबैभन्दा अचम्मचाहिँ दुबै हतियारबाट पाण्डेयमाथि एकैचोटी फायर भएको थियो । उनलाई दुई गोली लागेको थियो । पछि एउटा खोका भेटिए पनि अर्को फेला परेन । आमाको अर्कैसँगको लसपसले दुई लालाबालाको बिचल्ली भएको छ भने उनीहरूका बाबुको समेत जीवन समाप्त भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगन्जमा गाँजासहित चार जना पक्राउ
पुष २४, २०८१ बुधबार
लागूऔषधसहित विभिन्न ठाउँबाट सात जना पक्राउ
पुष २४, २०८१ बुधबार
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पुष २४, २०८१ बुधबार
हेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
बढ्दो मानव–हात्ती द्वन्द्व: २० वर्षमा २ सय ७४ जनाको मृत्यु
पुष २४, २०८१ बुधबार
दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरहगाह बनाउन रूख कटानको सम्झौता
पुष २४, २०८१ बुधबार
अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
१० लाख धरौटीमा रिहा भइन् लेखा समिति सभापतिकी श्रीमती अञ्जला कोइराला
पुष २४, २०८१ बुधबार
नेपाल नबन्नुको कारण
पुष २४, २०८१ बुधबार