नेपाली समाजको संस्कृतिको रुपमा स्थापित हुँदै भूमे पर्व
नेपालबहस संवाददाता
असार १, २०७८ मंगलबार १८:१२:८
१ असार,बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले भूमे पर्व नेपाली समाजको महत्वूर्ण संस्कृतिको रुपमा स्थापित हुँदै गएको बताएका छन् । आज शुभकामना सन्देश दिंदै उनले लुम्बिनी प्रदेशको रोल्पा र रुकुममा खामा भाषी मगर समुदायले मनाउने सो विशेष सांस्कृतिक पर्व भएको उल्लेख गरेका छन् ।
मुख्यमन्त्री पोखरेलले यसबाट एकता, सदभाव र मेलमिलापको वातावरण बनाउन सहयोग गर्ने उल्लेख गर्दै यो पर्व प्रकृतिसँग सम्बन्धित भएकाले मानव र प्रकृतिबीचको गहिरो सम्बन्धलाई उजागर गर्छ भनेका छन् । उनले प्रकृतिले दिएको अमूल्य उपहार माटो, पानी, जीवजन्तु, रुख विरुवाको संरक्षण र सही उपयोग गर्दा मात्रै मानवको जीवन सरल र सहज हुने बताएका छन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जातजाति र समुदायको उत्थान र विकासमा जोड दिएको उल्लेख गर्दै सन्देशमा अल्पसङ्ख्यक आदिवासी, पछाडि पारिएका समुदायको उत्थानका लागि संवैधानिक आयोग गठन गर्ने व्यवस्था गरेर सम्मान व्यक्त गरिएको छ । यस अवसरमा रोल्पा र रुकुममा आज सार्वजनिक बिदा दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार