आजदेखि भदौ मसान्तसम्म जथाभाबी सडक खन्न नपाइने
नेपालबहस संवाददाता
असार १, २०७८ मंगलबार १८:१७:२५
१ असार, काठमाडौं । आजदेखि भदौ मसान्तसम्म जथाभाबी सडक खन्न नपाइने भएको छ । बर्खामा सडक खन्ने प्रवृत्ति बढेसँगै आजदेखि भदौ मसान्तसम्म यसलाई रोक लगाइएको सडक विभागअन्तर्गतको सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले जनाएको हो ।
बर्खायाममा धारा, ढल, बिजुली र टेलिफोन प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मतसम्भार गरी पुरानै अवस्थामा ल्याउन नसकिने भन्दै सडक खन्न रोक लगाइएको हो ।
नियम अटेर गर्दै कसैले सडक खनेको पाइए सार्वजनिक सडक ऐन २०३१ अनुसार कारबाही हुने पनि कार्यालयले जनाएको छ । अहिले सडक खन्दा तुरुन्तै कालोपत्र तथा मर्मत गर्न नसकिने हुँदा सडकको अवस्था थप बिग्रँदै जाने भएकाले खन्न रोक लगाइएको सडक विभागले जनाएको छ ।
विभागका अनुसार अहिले विस्तार भइरहेका सडकको कामलाई निरन्तरता दिन भने पाइन्छ । यस्तै, पहिल्यै स्वीकृति लिइसकेको मेलम्चीको पाइप बिछ्याउने र लिकेजको काम गर्न पनि पाइन्छ । तर, तर नयाँ सडक भने खन्न पाइँदैन । अत्यावश्यक नै परे सम्बन्धित निकायसँग अनुमति लिनुपर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुरुङ सम्पदाको प्रवर्द्धनका लागि पदमार्ग निर्माण
माघ ७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार