वन कार्यालय तनहुँद्वारा ६ लाख २५ हजार बिरुवा उत्पादन
नेपालबहस संवाददाता
असार १, २०७८ मंगलबार १८:२८:१३
१ असार,तनहुँ । डिभिजन वन कार्यालय तनहुँद्वारा यस वर्ष विभिन्न प्रजातिका गरी छ लाख २५ हजार बिरुवा उत्पादन गरेको छ । डिभिजन वन कार्यालय र उक्त कार्यालय माहत रहेका सबडिभिजन कार्यालयबाट गरी उक्त परिणामका बिरुवा उत्पादन गरेको हो ।
जिल्लामा गत वर्षको तुलनामा यस वर्ष दुई लाख ६३ हजार कम बिरुवा उत्पादन भएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अरुण पराजुलीले जानकारी दिए । गत वर्ष तनहुँमा विभिन्न प्रजातिका गरी आठ लाख ८८ हजार बिरुवा उत्पादन गरी वितरण गरिएको उनले बताए । उनका अनुसार चाँप, तेजपात, चिउरी, टाँकी, अशोका, कटहर, कपूर, जामुना, निमारो, अम्बा, अमला, धुपी, म्याङगोस्टिन, बडहर, कल्की फूल, लप्सी, कुरिलो, बेल, राइखनायो, श्रीखण्ड, हर्रो, बर्रो, टिमुर, सिमल, खयरलगायतका ३२ प्रजातिका बिरुवा उत्पादन गरिएको छ ।
कार्यालयको नर्सरीमा वन, जडीबुटी, फलफूल र डालेघाँसलगायतका बिरुवा उत्पादन गरी निःशुल्करूपमा वितरण गर्न थालिएको सो कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालयले तीन लाख २५ हजार र ऋषिङ, म्याग्दे, देवघाट, बन्दीपुर गाउँपालिका र व्यास, शुक्ला नगरपालिका गरी छवटा सबडिभिजनले ५० हजारका दरले तीन लाख गरी छ लाख २५ हजार बिरुवा उत्पादन भएको उनले बताए ।
डिभिजन वन कार्यालय मातहत रहेका आठवटा सबडिभिजनमध्ये भानु र भिमाद सबडिभिजनले यस वर्ष बिरुवा उत्पादन नगरेका कारण पनि गत वर्षको तुलनामा कम बिरुवा उत्पादन भएको उनले बताए । जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित १४० मेगावाट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाले आयोजनाबाट प्रभावित भएका पालिका एवं सर्वसाधारणलाई बिरुवा उत्पादन गरेर निःशुल्करूपमा वितरण गर्ने गरी डिभिजन वन कार्यालयसँग सम्झौता भएको छ ।
उक्त आयोजनाले सामुदायिक, राष्ट्रिय र कबुलियती वनमा वृक्षरोपण गरेमा प्रतिहेक्टर रु ३० हजार र डिभिजन वन कार्यालयले बिरुवा उत्पादन गर्दा प्रतिबिरुवा रु १० का दरले आयोजनाले अनुदान दिने सम्झौता भएको सो कार्यालयले जनाएको छ । कार्यालयले जेठ ३० गते आइतबारदेखि उत्पादित बिरुवा तयारी भएकाले वितरण शुरु गरिएको डिभिजन प्रमुख कोमलराज काफ्लेले बताए । आयोजनाबाट रुख कटान गरी प्रभावित भएका पालिकामा वृक्षरोपणका लागि तयारी बिरुवा वितरण गर्न थालेका हौँ । उनले भने, “कार्यालयले बिरुवा वितरण थालेसँगै बिरुवा लिन आउनेको भीड लागेको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
लगानीको सुरक्षा गर्न गण्डकी प्रदेश सरकार तयार: मुख्यमन्त्री पाण्डे
कात्तिक २६, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार