द आर्ट अफ लिभिङद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण
नेपालबहस संवाददाता
असार १, २०७८ मंगलबार १९:५२:३३
१ असार,पोखरा । द आर्ट अफ लिभिङ गण्डकीले लेखनाथस्थित संक्रामक तथा सरुवा रोग अस्पताललाई कोभिड– १९ उपचारका लागि अत्यावश्यक स्वास्थ्य उपकरणसहित अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । संस्थाका गण्डकी प्रदेश प्रमुख नरेश भट्टराईले सामाजिक उत्तरदायित्व वहन गर्दै अक्सिजन कन्सन्ट्रेटर पाँच, अक्सिजन सिलिण्डर १५, पल्स अक्सिमिटर पाँच थान र अन्य स्वास्थ्य सामग्रीसहित एउटा कम्प्युटर हस्तान्तरण गरिएको जानकारी दिए ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले अस्तपालका कार्यकारी निर्देशक डा विकास गौचनलाई हस्तान्तरण गरेका हुन् । प्रमुख जिसीले महामारीका समयमा हातेमालो गर्दै सहयोगमा जुट्नु निकै सकारात्मक भएको जनाउँदै वितरण गरिएको सामान के कसरी प्रयोग भएका छन् त्यसको अनुगमन गर्न आग्रह गरे ।
डा गौचनले सरकारी अस्पतालको उपचार पद्धति र सेवाप्रति नागरिकलाई विश्वस्त बनाउन आवश्यक स्वास्थ्य उपकरण र दक्ष जनशक्तिको सुनिश्चिता आवश्यक रहेको औँल्याए । आर्ट अफ लिभिङका प्रशिक्षक संयोजक महेश्वर गिरीले विश्वका १६० भन्दा बढी मुलुकमा योग र ध्यानका साधनाबाट स्वथ्य समाजको निर्माणमा लागिपरेको जानकारी दिए । संस्थाका पोखरा संयोजक विश्वमोहन अधिकारीले सामाजिक उत्तरदायित्व र मानवीय सेवामा संस्था निरन्तर सक्रिय रहेको र र आगामी दिनमा यस्ता मानवीय सेवाको गतिविधिलाई निरन्तरता दिँदै जाने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
लगानीको सुरक्षा गर्न गण्डकी प्रदेश सरकार तयार: मुख्यमन्त्री पाण्डे
कात्तिक २६, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
आरबीआईका गभर्नर शक्तिकान्त दास अस्पताल भर्ना
मंसिर ११, २०८१ मंगलबार
बक्यौता रकम नपाएसम्म लिग नखेल्ने 'बी' डिभिजन क्लबको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
कन्ताराः च्याप्टर-१ को सुटिङ बस दुर्घटनाग्रस्त, २० जना घाइते
मंसिर ११, २०८१ मंगलबार
विदेश भ्रमणमा कडाई, व्यक्तिगत कामका लागि विशेष तथा कूटनीतिक राहदानी प्रयोग गर्न नपाइने
मंसिर ११, २०८१ मंगलबार
पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
बालकृष्णको ‘चपुर घुम्न जाउँ...’ गीत सार्वजनिक
मंसिर ११, २०८१ मंगलबार