रामपुर अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न बजेट निकासा
नेपालबहस संवाददाता
असार १, २०७८ मंगलबार २१:५१:५४
१ असार,तानसेन । पाल्पाको रामपुरमा रहेको रामपुर अस्पतालका अक्सिजन प्लान्ट स्थापना गर्न बजेट निकासा भएको छ । पाल्पा, स्याङ्जा, तनहूँ र नवलपरासीका नागरिकले सेवा लिने कालीगण्डकीवेशीकै ठूलो अस्पतालका रुपमा स्थापित अस्पतालमा अक्सिजन प्लान्ट र एचडिओ स्थापना गर्न सङ्घीय सरकारले रु एक करोड ५५ लाख बजेट विनियोजन गरेको थियो ।
सो रकममध्ये अक्सिजन प्लान्टका लागि रु ७५ लाख तथा एचडियू निर्माणका निम्ति रु ८० लाख बजेट निकासा भएको पूर्वमन्त्री तथा सङ्घीय सांसद दलबहादुर रानाले जानकारी दिए । सरकारले पाल्पासँगै देशका छ अस्पतालमा थप स्वास्थ्य सेवा विस्तारका निम्ति रकम निकासा गरेको छ ।
सरकारले पाल्पाको रामपुर अस्पताल, म्याग्दीको बेनी अस्पताल, रुकुम पूर्वको रुकुम अस्पताल, प्यूठान अस्पताल बिजुवार, रोल्पा अस्पताल र चौरजहारी अस्पालका निम्ति अक्सिजन प्लान्ट खरीद तथा जडान, पाँँच शय्याको एचडियू, ५ शैंयाको आइसियू र दुईवटा भेन्टिलेटर जडान गर्न स्रोत सहमति माग भएअनुसार रु सात करोड ७० लाख विनियोजन भएको अर्थ मन्त्रालयले जनाएको छ ।
रामपुर अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको लागि बजेट विनियोजन भएको खवरले निकै खुसी लागेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विजय परियारले बताए । विभिन्न चार जिल्लाका दैनिक करीब ३०० नागरिकले सेवा लिने कुरा निकै खुसीको विषय भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
स्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
बक्यौता रकम नपाएसम्म लिग नखेल्ने 'बी' डिभिजन क्लबको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
कन्ताराः च्याप्टर-१ को सुटिङ बस दुर्घटनाग्रस्त, २० जना घाइते
मंसिर ११, २०८१ मंगलबार
विदेश भ्रमणमा कडाई, व्यक्तिगत कामका लागि विशेष तथा कूटनीतिक राहदानी प्रयोग गर्न नपाइने
मंसिर ११, २०८१ मंगलबार
पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
बालकृष्णको ‘चपुर घुम्न जाउँ...’ गीत सार्वजनिक
मंसिर ११, २०८१ मंगलबार
न्यायाधीश नियुक्तिबारे न्याय परिषदमा छलफल सुरु
मंसिर ११, २०८१ मंगलबार