लगातारको वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
नेपालबहस संवाददाता
असार १, २०७८ मंगलबार २१:५६:५
१असार, काठमाडौं । लगातारको वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ भने गुल्मीमा घर भत्किँदा एक जना घाइते भएका छन्। सोमबार रातिदेखि लगातार वर्षा भएपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको चरंगे नजिक डाइभर्सन गरिएको सडक भासिएको छ।
आज मध्यान्ह १२ बजेदेखि सडक भासिँदा पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरीले जनाएकाे छ । राजमार्ग विस्तारका क्रममा कल्भर्ट बनाइएकाले डाइभर्सन बनाइएको थियो। लगातारको वर्षाले डाइभर्सन बगाएपछि आवतजावत रोकिएको हो।
सडक भासिएपछि गन्तव्यमा हिँडेका सवारीसाधन दुवैतर्फ अलपत्र परेको छ । यस्तै सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडक खण्डमा पनि पहिरो गएको छ। पहिरोका कारण कतिपय ठाउँमा एकतर्फी मात्रै गाडी चलेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।
उता गुल्मीको इस्मा गाउँपालिका ५ मैदानमा घर भत्किँदा एक जना घाइते भएका छन्। राजेश परियारको निर्माणाधिन घर भत्किँदा श्रीमती जानुका परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। पानीका कारण घर भत्किँदा परियार घाइते भएकी हुन्। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। त्यस्तै इस्मा १ उजुङकी छत्रबहादुर पछाइको घर माथिबाट झरेको ढुंगाले भत्किएको छ।
वर्षाका कारण लुम्बिनीका ठूला नदीहरुमा पानीको सतह बढेको छ। तिनाउ, बाणगंगा, रोहिणी, बबई, राप्ती लगायत नदीहरुमा पानीको सतह बढेको छ। नदी किनारका नागरिकलाई सतर्क रहन अपिल गरिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार
स्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा साबेल प्रहार गरी साथीको हत्या
मंसिर १३, २०८१ बिहिबार
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार