नारायणीमा पानीको वहावले पार ग¥यो खतराको विन्दु
नेपालबहस संवाददाता
असार १, २०७८ बुधबार ३:१९:२९
१ असार, चितवन । नारायणी नदीमा पानीको वहावले खतराको विन्दु पार गरेको छ । जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका अनुसार अपराह्न ४ बजेदेखि पानीको वहाव बढ्दै गएको हो ।
निरन्तरको वर्षाका कारण नारायणीमा पानीको वहाव साँझ ८ः३० बजे ९.८७ मिटर पुगेको छ । केन्द्रका अनुसार नदीमा पानीको वहाहव ८ मिटरभन्दा माथि गएमा खतराको विन्दु पार गरेको बुझिन्छ । गत वर्ष साउन ६ गते बिहान नारायणीको सतह ९.९१ मिटर पुगेको थियो, जुन ४४ वर्ष यताकै बढी हो ।
नारायणीसँगै राप्ती र रिउ खोलामा पानीको वहाब वढ्दै गएकाले नदी तटीय क्षेत्रका जनतालाई सुरक्षित स्थानमा गई बस्न जिल्ला प्रशासन कार्यालले आग्रह गरेको छ । कार्यालयका प्रशासकीय अधिकृत खेमराज पौडेलद्वारा जारी सूचनामा पानीको वहाव बढेका समयमा दाउरा टिप्न र माछा मार्न भन्दै नदीमा नपस्न अनुरोध गरिएको छ । यस्तै औषधि, खाद्यान्न र महत्वपूर्ण कागज झोलामा तयारी अवस्थामा राख्न पनि तटीय क्षेत्रबासीलाई आग्रह गरिएको छ ।
नारायणीका कारण भरतपुर महानगरपालिका वडा नं १६, २६, २७ र २८ र राप्ती नदीबाट वडा नम्बर २२ र २३ मा बढी असर पर्ने गरेको छ । त्यस क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । महानगरका वडा नं २६ र २७ का हिरापुर, सिसई, न्यूरेनीलगायत ठाउँमा नारायणी तटबन्ध पार गरी मानव बस्तीतर्फ छिर्न शुरु गरेको छ ।
नदीमा पानीको वहाव बढेसँगै आज साँझ प्रभावित क्षेत्रमा महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र सुरक्षा निकायका प्रमुखले अनुगमन गरेका छन्। नदी बस्तीमा पस्न सक्ने क्षेत्रको अध्ययनसमेत गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने
मंसिर १८, २०८१ मंगलबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार