बाढीले मनाङको ताल गाउँ डुवानमा
नेपालबहस संवाददाता
असार २, २०७८ बुधबार १४:१४:३०
२ असार,काठमाडौं । सोमबारदेखि परेको अबिरल बर्षाका कारण हिमाली जिल्ला मनाङ सदरमुकामका ५ घर सहित तातोपानि कुण्ड बगाएको छ । निरन्तर भारी वर्षासँगै मस्र्याङदी नदिमा आएको बाढिको कारण सदरमुकाम चामे बजारका केहि घरहरु डुबानमा छन भने र नासोङ गाउँपालिका–१,पुरै ताल गाउँ डुवानमा परेको छ।
चामे वजारका घरहरु खोलाले बगाउन थालेपछि पूरै चामे वजारका २८० जना बासिन्दा कारागारमा बसेका छन् त्याहा रहेको नेपाल आर्मीको रणदल गुल्मले खाना पकाएर खुवाएको मनाङका प्रमूख जिल्ला अधिकारी विष्णुप्रसाद लामीछानेले बताएका छन् । प्रजिका लमिछाने अनुसार अनुसार विभिन्न खोलाहरुमा ठूला ढुँगाहरु सहित आएको बाढीले मस्र्याङदी नदिको बहाव थुनिदा सदरमुकाम चामेका केहि घरहरु डुवानमा परेका हुन् ।
यसैगरी नदिमा पानीको बहाव बढेसँगै मनाङकै नासोङ–१,तालगाउँ सबै डुबानमा परेका छन् । करिव ६० घरधुरी रहेको ताल गाउँमा गाउँनै डुवानमा परेपछि स्थानियहरु घर छोडेर नजिकै डाँडोमा सरेका छन् । मस्र्याङदी नदीमा पानीको बहाव बढ्दै जाँदा पानी थुनिएर वस्ती माथि डुबाउँदै आएको स्थानियलाई उधृत गर्दै मनाङ प्रशासनले जनाएको छ । निरन्तरको बर्षा र बाढी सँगै ताल गाउँमा विद्युत तथा टेलिफोन पनि अवरुद्ध भएको छ । थप उद्धारका निम्ती ताल र धारापानीको प्रहरी खटाईएको पजिअ लामीछानेले जानकारी दिएका छन् ।
बर्षा र बाढीसँगै मनाङका अधिकाँश सडकमा पहिरो गएकोले उद्धारकार्यमा समेत कठिनाई भएको छ । मनाङको सदरमुकाम देखि ताल गाउँसम्म आउने सडक अन्तर्गत खोलामा राखिएका मोटरेवल काठेपुल बगाएको छ । सडकमा गएको पहिरो र खोलामा पुल नहुँदा सदरमुकाम देखि प्रभावित क्षेत्रसम्म उद्धार टोलि पठाउन निकै समस्या भएको प्रजिअ लामीछानेको भनाई छ । बर्षाका कारण सदरमुकाम चामेमा रहेको लघु जलविद्युतको टनेप पाईप पनि बाढीले बगाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा साबेल प्रहार गरी साथीको हत्या
मंसिर १३, २०८१ बिहिबार
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १३, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार