पहिरोका कारण सिद्धार्थ राजमार्ग अबरुद्ध
नेपालबहस संवाददाता
असार २, २०७८ बुधबार १८:१९:२३
२ असार,काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै झण्डै ५० मिटर सडक पहिरोले बगाउदा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षासँगै सडकमाथिबाट खसेको पहिरोले राजमार्ग जगैबाट बगाएको छ ।
मंगलबार दिउँसो खोला बढ्दै गएपछि तल्लो भागबाट कटान सुरु गरेको र माथिबाट पहिरो खसेपछि राजमार्ग नै बगाएको सडक डिभिजनका सूचना अधिकारी शिवु खत्रीले जानकारी दिएका छन् । जसका कारण सिद्धार्थ राजमार्ग हिजो बेलुकीदेखि नै अवरुद्ध छ । वर्षा नरोकिएकाले सडक डिभिजन कार्यालयले हेभी इक्विपमेन्ट लगाएर काम गर्न सकेको छैन
यसैबीच सोही जिल्लाको रुरु क्षेत्रधाममा जलमग्न भएको छ । गुल्मी, पाल्पा र स्याङजाको जिल्लाको संगलस्थल रुरु क्षेत्रमा पानीको सतह बढेपछि ऋषिकेश मन्दिरको प्रवेशद्वार भित्रसम्म नदी प्रवेश गरेको स्थानीयले बताएका छन् ।
यस्तै निर्माणधिन तीनमुखे झोलुङ्गे पुल समेत ढुवानमा परेको प्रहरीले जनाएको छ । यस्तै नदीको बगर क्षेत्र पूर्ण रुपमा ढुवानमा हिजो मात्रै दाहसस्कार गर्दे गरेको चिहान समेत नदीले बगाएको थियो । नदीको सतह बढेपछि नदी किनाराको रुख र टहराहरु समेत डुबाएको छ । पानी पर्नेक्रम नरोकिएको हँदा मन्दिरसंगै अन्य सो क्षेत्रका बस्तीहरु समेत जोखिममा परेको स्थानीयले बताएका छन् ।
कालीगण्डकी र खहरेखोला बढेपछि रानीमहल क्षेत्र समेत ढुवानमा परेको छ रानीमहल क्षेत्रमा निर्माण गरिएका आधा दर्जन टहराहरु पूर्ण रुपमा डुवानमा परेको स्थानीयले जानकारी दिएका छन । यस्तै नगरपालिकाले निर्माण गरेको बगैंचा समेत ढुवानमा परेको छ । पानी पर्नेक्रम नरोकिएको हुँदा रानीमहल दरबार समेत जोखिममा परेको स्थानीयले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार
स्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार