बेलाघाट टापुमा फसेका चारको सेनाले गर्यो उद्धार
नेपालबहस संवाददाता
असार २, २०७८ बुधबार १८:३२:१६
२ असार,दाङ । अविरल वर्षाका कारण दाङको राप्ती नदीमा आएको बाढीले मङ्गलबारदेखि बेलाघाटमा फसेका चारजनालाई आज सुरक्षाकर्मीले उद्धार गरेका छन् । लमही–७ हस्नापुर र राजपुर गाउँपालिकाको बेलाघाटको बीचको टापुमा फसेका चारजनालाई आज बिहान सकुशल उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।
भैँसी चराउन गएका राजपुर गाउँपालिका–२ का ४५ वर्षीया सावित्रा यादव, सोही ठाउँका २६ वर्षीय राधे यादव, राजपुर गाउँपालिका–३ का २६ वर्षीय गणेश यादव र लमही–७ का ४८ वर्षीय मनराम चौधरीको उद्धार गरिएको पनि प्रजिअ पौडेलले जानकारी दिए । जिल्ला आपत्कालीन केन्द्रका प्रमुख विश्वप्रकाश अर्यालले टापुमा फसेका उनीहरूलाई उद्धारका लागि गए राति नै रबर बोटसहित सुरक्षाकर्मी परिचालन गरिए पनि नदीमा पानीको बहाव नघटेपछि उद्धारमा कठिनाइ भएको बताए ।
पन्ध्र वटा भैँसी लिएर चढाउन गएका उनीहरू रातभरि सोही टापुमा बसेका थिए । भैँसी भने उतै रहेको बताइएको छ । सशस्त्र प्रहरी २९ नं गण भालुवाङ्का सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर खनाल, ४१ नं गण अर्जुन खोलाका प्रमुख यादव विश्वकर्मा, लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी, लमही नगरपालिका–७ का वडाध्यक्ष मोहन गिरी, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेल, इलाका प्रहरी कार्यालय गढवा प्रहरी निरीक्षक राजकुमार भट्ट, इलाका प्रहरी कार्यालय अमिलियाक प्रहरी निरीक्षक राजीव श्रेष्ठ, रणसिङ दल गुल्म अर्जुन खोलाको टोली राप्ती नदी पुगेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
समान अवसर र पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व: देउवा
मंसिर १८, २०८१ मंगलबार
दूध बेचेर वार्षिक ३० लाख आम्दानी
मंसिर १८, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १८, २०८१ मंगलबार
आज अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
मंसिर १८, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १८, २०८१ मंगलबार