पोखरामा वर्षासँगै नहरमा आएको पानीले २० घर डुबानमा
नेपालबहस संवाददाता
असार २, २०७८ बुधबार २०:२५:४३
२ असार,गण्डकी । दुई दिनदेखि लगातारको वर्षासँगै नहरमा अव्यवस्थित रुपमा आएको पानीले पोखरा महानगरपालिका—३२ का विभिन्न स्थानमा घरहरू डुवानमा परेका छन् । पोखरा महानगरपालिका—३२ टाँडी र कालिका चोकका झण्डै २० घरमा पानी पसेको छ । पानी पसेका कारण कतिपयको घरमा धानलगायत खाद्यान्न सामग्री पनि भिजेको छ । कालिका चोकमा पानी जमेर तालजस्तै बनेको र खुदी खोलाको किनारा भत्काउन थालेको बाढी नियन्त्रण तथा व्यवस्थापन समिति पोखरा –३२ का अध्यक्ष शिवजी लामिछानेले जानकारी दिए ।
समितिको सक्रियतामा वर्षात्को पानीका साथै विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी तथा बेगनास ताल जल उपभोक्ता संस्थाको बिसिटु सिँचाइ आयोजनाबाट अनियन्त्रित भई आउने पानीका कारण पर्ने गरेको असरलाई दीर्घकालीन रुपमा समाधान गर्न सम्बद्ध निकायमा पत्राचारसहित ध्यानाकर्षण गराइए पनि त्यसको कार्यान्वयनमा चासो नदिँदा समस्या भएको उनले बताए । उनका अनुसार विगतमा अनियन्त्रित रुपमा आउने पानीलाई डाँडाको नाक प्रहरीचौकी, बाँधाको रह तथा घोतघोतेबाट कटाउने गरी सिँचाइ डिभिजन कार्यालय पोखराबाट आवश्यक इस्टिमेट गरिए पनि त्यसलाई कार्यान्वयनमा नल्याउँदा समस्या भएको हो ।
नहरमा आउने पानीलाई व्यवस्थित नगरिदा यस क्षेत्रमा सिंचाइ जस्तो नभएर खहरे खोला जस्तो बन्दा वर्षेनी समस्या बढीरहेको स्थानीय युवा नवराज घिमिरेले बताए । टाँडी र आसपासका क्षेत्रमा वर्षेनि अव्यवस्थित नहरका कारण समस्या बढीरहेको बताउँदै उनले यसको दीर्घकालिन व्यवस्थापनका लागि सम्बन्धीत निकायले तत्काल चासो दिनुपर्ने आवश्यकता औंल्याए । समितिकै पहलमा पोखरा–३२ स्थित बाह्रसय चौताराबाट पानी कटाएर खहरे खोलामा लैजानका लागि काम थालिए पनि अहिलेलाई बजेट अभावले उक्त काम पूरा नहुने देखिएको लामिछानेको भनाइ छ ।
गत वर्षको बाढीले गगनगौंडा र लामेआहालबीचमा पर्ने राधाकृष्ण मन्दिर नजिकै पारेको प्रभावलाई दृष्टिगत गर्दै त्यस क्षेत्रको समस्याको दीर्घकालीन समाधानका लागि सडक विभागबाट नाला गहिरो बनाएर कोत्रेसम्म पु¥याउनुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
लगानीको सुरक्षा गर्न गण्डकी प्रदेश सरकार तयार: मुख्यमन्त्री पाण्डे
कात्तिक २६, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार