सेतीवेणीबासी अबिरल बर्षादले रातभर जाग्राम, बजारका ८ घरमा क्षती !
नेपालबहस संवाददाता
असार २, २०७८ बुधबार २२:२६:३४
२ असार, स्याङ्जा । सेतीवेणी धार्मिक क्षेत्र हो । एशियाकै ठुलो शालिग्राम रहेको सेतीवेणीमा विभिन्न धार्मिक पर्वमा मेला लाग्ने गर्दछ । स्याङ्जा, पर्वत र गुल्मी तिन जिल्लाको संगम स्थल हो सेतीवेणी । स्याङ्जा र पर्वतको सिमाना छ । सेतीखोला र दुई प्रदेश छ ।
कालीगण्डकीको विचमा रहेको सेतीवेणी बजार हरेक बर्षाद समयमा जोखिम हुदै आएको छ । नेपालकै ठुलो जलविद्युत आयोजना काली गण्डकी ए परियोजना निर्माण गर्द बनाएको ड्यामका कारण यो बजार जहिले पनि बर्षाद्मा जोखिममा पर्ने गरेको हो । ठुलो पानी पर्ना साथ यहाँका वासीन्दा जाग्राम बस्न बाध्य छन् ।
कालीगण्डकी किनार र सेतीखोलाले घेरिएको बजार ठुलो पानी पर्नासाथ जुनसुकै बेला पनि बाढीले ठुलो दुर्घट्ना हुन सक्ने क्षेत्र पनि हो । समयमै कालीगण्डकीका ड्यामहरु खेल्न ढिलाई भयो भने अप्रिय घट्ना घट्न सक्ने क्षेत्र भएकाले पानी पर्नासाथ सबै मिलेर जाग्राम बस्ने स्थानीय देवी श्रेष्ठले बताए ।
यस्तै दुखद दिन सेतीवेणीका लागी तिनदिन देखीको अबिरल बर्षाद्ले ल्याएकाे छ । स्याङ्जाको गल्याङ् नगरपालिका वडा नम्वर ५ मा पर्ने सेतिबेणी बजारमा बाढीले ८ घर बगाएको छ । कालिगण्डकी नदी र सेतीखोलाको बहाव बढेपछि बजारमा पसेको बाढीले सो घरमा क्षती पु¥याएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिएसपी राजेन्द्र प्रसाद अधिकारीका अनुसार स्थानीय केश वहादुर क्षेत्री, केशवराज न्यौपाने, ठाकुर प्रसाद श्रेष्ठ, रेशमराज न्यौपाने, लक्ष्मीपती न्यौपाने, गुरु बहादुर क्षेत्री, तेजराम काफ्ले र त्रिबिक्रम हेजुको घर अबिरल बर्षा सगै आएको कालीगण्डकी नदीको बाढिले क्षेतीग्रस्त बनाएको जानकारी दिए ।
८ घरका २४ जनाको बिस्थापित भए पछि उनीहरुलाई उद्धार गरी नजिकैको बिद्यालयमा राखिएको प्रवक्ता अधिकारीले बताए । यो बर्षको मनसुनमा अत्याधिक बर्षा भएका कारण मानवीय क्षेती नभएपनि विस्थापित हुने अबस्था सिर्जना भएको स्थानीय श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार मंगलबार रातभर सेतीवेणी बजारबासी जाग्राम बसेर ज्यान जोगाएको बताए ।
हरेक बर्ष जोखिम मोल्नुपर्ने यस क्षेत्रमा अहिले सम्म सरकारले कुनै चासो दिएको छैन । तटिय बन्धन गरेपनि दिर्घकालीन हुनेगरी नबनाउदा कालीगण्डकीको बाढीको समस्यामा सेतीवेणीवासीले भोग्न बाध्य छन् । धार्मिक पर्यटकीय गन्तव्यको योजनामा परेको सेतीवेणीलाई दिर्घकालीन योजना बनाएर सुरक्षित गर्नुपर्ने अवस्था देखिएको छ । यता अबिरल बर्षाका कारण सिद्र्धाथ राजमार्गको ठाँउठाँउमा पहिरो जाँदा अवरुद्ध हुन पुगेको छ । त्यस्तै सबै ग्रामिण सडकहरु पनि अवरुद्ध भएका प्रहरीको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा
भदौ ३०, २०८१ आइतबार
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
भदौ २९, २०८१ शनिबार
हीरापाटाका एक सय ५० घरमा ‘एक घर–एक धारा’
भदौ २६, २०८१ बुधबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेलाई दोषी किटान गर्दै प्रतिवेदन बुझाइँदै
भदौ ३१, २०८१ सोमबार
ट्रम्पमाथि फेरी हमलाको प्रयास
भदौ ३१, २०८१ सोमबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
भदौ ३१, २०८१ सोमबार
भारतको सहयोगमा निर्मित महेन्द्र शान्ति माध्यमिक विद्यालय भवनको उद्घाटन
भदौ ३१, २०८१ सोमबार
कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीले दिइन् पदबाट राजीनामा
भदौ ३१, २०८१ सोमबार
सातौं बेलबारी अन्तराष्ट्रिय गोल्डकप हुँदै
भदौ ३१, २०८१ सोमबार
कास्की प्रहरीद्वारा ८६ जना फरार प्रतिवादी पक्राउ
भदौ ३१, २०८१ सोमबार
तथ्यहीन प्रचारबाजी नगर्न युट्युबरलाई काउन्सिलको दिर्नेशन
भदौ ३१, २०८१ सोमबार
कोशी प्रदेश सरकारले संविधान दिवस–२०८१ तीन दिन मनाउने
भदौ ३१, २०८१ सोमबार