काेराेनाकाे नाममा स्पर्श मल्टिस्प्यासिलिटी अस्पतालले बिरामीसँग लाखौँ रुपैयाँ असुल्दै
नेपालबहस संवाददाता
असार २, २०७८ बुधबार २२:५३:४
२ असार, पर्सा । बीरगञ्ज महानगरपालिका वडा नं १४ बहुअरीमा रहेको स्पर्श मल्टिस्प्यासिलिटी अस्पतालले स्तरीय उपचार नै नगरी नियम विपरीत बिरामीसँग लाखौँ रुपैयाँ असुलेको छ । स्तरीय सुविधा दिने नाममा खोलिएको यस अस्पतालले नेपाल सरकारले तोकेको नियमको धज्जी उडाउँदै उपचारको नाममा दोब्बर रकम असुलेको पाइएको हो ।
कोरोना महामारीलाई लक्षित गरी खोलिएको यस स्पर्श अस्पतालले जेठ ११ गते भर्ना भएका पर्साका बहुदरमाई नगरपालिका वडा नं १ निवासी ६८ बर्षिय छोटेलाल पण्डितसँग १७ दिनको अवधिमा लगभग ४ लाख रुपैयाँ असुलेको छ । उपचार गराउन आएका परिवारजनले चौतर्फी हारगुहार लगाएपनि नियम विपरीत स्पर्श अस्पतालले रकम असुलेरै छाडेको छ ।
कोरोना संक्रमित भई श्वास फेर्न गाह्रो भएको बेला उपचारका लागि स्पर्श अस्पताल आएका पण्डितको १७ औँ दिनसम्म उपचार गराउँदा पनि स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारको लागि रेफर गराउँदा नेपाल सरकारले तोकेको रकमभन्दा बढी लाखौँ रुपैयाँ असुली गरेको पाइएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अनुसार आईसीयुको बढीमा १५ हजार रुपैयाँ मात्र लिन पाइने भनी तोकिएको छ । सरकारको नियम अनुसार सो अस्पतालले ती बिरामीसँग १ लाख ३५ हजार मात्रै लिनु पर्ने थियो तर स्पर्श अस्पतालले एक दिनको २२ हजारको दरले ९ दिनको आइसीयु शुल्क १ लाख ९८ हजार अर्थात् ६३ हजार रुपैयाँ सोझै बढी रकम तिराएको छ । यसैगरी स्पर्श अस्पतालले एचडीयुको शुल्कमा समेत डेढ गुणा बढी रकम असुलेको छ ।
२५ वेडको मान्यता पाएको यस अस्पतालको सम्पूर्ण रेखदेखको जिम्मा पाएको बीरगञ्ज महानगरपालिका अन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख अरुण महतोका अनुसार नेपाल सरकारले एचडीयुका लागि एउटा बिरामीसँग एक दिनको बढीमा ७ हजार ५ सय मात्रै लिन पाउने मापदण्डमा रहेको छ । तर स्पर्श अस्पतालले १२ हजारको दरले २ दिनको २४ हजार अर्थात् ९ हजार बढी रकम लिएको छ ।
स्वास्थ्य महाशाखाका प्रमुख महतोका अनुसार नेपाल सरकारको मापदण्ड अनुसार निजी अस्पतालको लागि एक दिनको उपचार वापत सम्पूर्ण खर्च २२ हजार ५ सय रुपैयाँ मात्र लिन पाउँछन् तर स्पर्श अस्पतालले आइसीयु र अक्सिजनको मात्रै ९ दिनसम्म प्रत्येक दिन २४ हजार ५ सय रुपैयाँ बिरामीलाई उपलब्ध गराएको बिलमै स्पष्ट रूपमा उल्लेख गरिएको छ । यस्तै अस्पतालले डिलक्स शुल्क प्रतिदिन १८ हजारको दरले ६ दिनको १ लाख ८ हजार असुली गरेको छ । महामारीको बेला जनताको सेवाको लागि खोलिएको स्पर्श अस्पताल पटक पटक विवादमा तानिँदै आएको छ ।
यस अस्पतालले बैशाख ३० गते मुक्ति राउत कुर्मीसँग लिएको बिलमा आइसीयु, चार्ज १५ हजार लिएको छ भने जेठ १० गते लालमुनी देवीसँग तिराएको बिलमा सोही आइसीयुको चार्ज १५ हजार मात्र तिराएको छ भने अहिले आएर स्पर्श अस्पतालले २२ हजार रुपैयाँ सोही आइसीयुको लिएको हो ।
अस्पतालले उपचार शुल्क मनपरी लिएर पनि बिरामी निको नगर्दा विपन्न तथा गरिब परिवारका व्यक्तिले यस अस्पतालमा उपचार गराउँदा अस्पतालको शुल्क तिर्न घर घडेरी समेत बेच्नु पर्ने बाध्यता हुन्छ । जबकी गरिब तथा विपन्न परिवारको उपचारको लागि बीरगञ्जका सन्दीप अग्रवाल, संजय अग्रवाल, अनुप अग्रवाल, राजीव अग्रवाल, आनन्द चौधरी, नुतन सरावगी र राजकुमार दारुका लगायतका समाजसेवीहरुले झण्डै ६ लाख ५० हजार रुपैयाँको भेन्टिलेटर सहयोग स्वरुप प्रदान गरेका थिए ।
यस विषयमा स्पर्श अस्पतालका संचालक डा. महेश्वर कुर्मीसँग बुझ्न खोज्दा उनले आफू अहिले केही नबोल्ने भन्दै पन्छिन खोजे । यता बीरगञ्ज महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख महतोले यस बारेमा प्रकृयागत रूपमा त्रुटि ठहरिए कारबाही गरिने बताए । कृष्ण यादवबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने
मंसिर १४, २०८१ शुक्रबार
अब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
यु–१९ एसिया कपमा नेपालले दियो बंगलादेशलाई १४२ रनको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
बाढीपहिरोले पुर्याएको क्षति भरणका लागि बजेट संशोधनतिर लागे काभ्रेका स्थानीय तह
मंसिर १६, २०८१ आइतबार
टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
मंसिर १६, २०८१ आइतबार
अध्यादेशमार्फत सहकारीपीडितका समस्या समाधान गर्नेगरी कानुन संशोधन गरिने
मंसिर १६, २०८१ आइतबार
महोत्तरीमा विवाहपञ्चमी उत्सवको रौनक
मंसिर १६, २०८१ आइतबार