बाढीले मनाङको तीन स्थानीय तह पूर्णरुपमा क्षतिग्रस्त
नेपालबहस संवाददाता
असार २, २०७८ बुधबार २३:१७:१२
२ असार,मनाङ । लगातार परेको वर्षाका कारण मनाङमा बाढी आएपछि तीन वटा स्थानीय तहमा पूर्णरुपमा क्षति पु¥याएको छ । जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार बाढीले चामे, नासो र ङिस्याङ गाउँपालिकाका अधिकांश स्थानमा क्षति पुगेको हो ।
जिल्लाको नासोँ र चामे गाउँपालिका सबैभन्दा बढी बाढीबाट प्रभावित बनेको छ । विभिन्न स्थानीय खोलामा उर्लिएको बाढी बस्तीमा पस्दा चामे र नासोँमा ठूलो क्षति भएको हो । यहाँका कैयौँ घर डुबानमा परेका छन् भने भौतिक संरचनामा क्षति पुगेको छ । बाढीका कारण जिल्लाभर २०० घरका एक हजार नागरिक विस्थापित भएका छन् ।
अविरल वर्षासँगै विभिन्न ठाउँमा पहिरो पनि खसेको छ । स्थानीय प्रशासनका अनुसार घट्टे र च्याट्टु खोलामा आएको बाढीले सदरमुकाम चामेमा छ घर पूरै डुबानमा परेका छन् । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार ती घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् ।
बाढीबाट विस्थापित तथा जोखिममा रहेका स्थानीयवासीलाई चामे गाउँपालिका–५ माडाकुनामा निर्माण गरिएको कारागारको नयाँ भवनमा सारिएको छ । चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार चामे बजार, नयाँ बजार, तिमाङ र स्यार्कु क्षेत्रका बासिन्दालाई त्यहाँ राखिएको छ ।
बाढीले चामे बजारमै रहेको हुलाक कार्यालयसमेत बगाएको छ । दुई खोलाका बीचमा रहेका निजी घरदेखि सरकारी कार्यालयहरू जोखिममा परेका छन् । बाढीले विद्युत् गृह, बेलिब्रिज र काठेपुल बगाएको छ ।
यस्तै मस्र्याङ्दी नदीमा आएको बाढीले नासोँ गाउँपालिका–१, ताल गाउँका ५० घर डुबानमा परेका छन् । नासो गाउँपालिका—३ धारापानीमा सरकारी कार्यालय र बैंकका भवनहरु पनि बगाएको छ । बाढीले नासो गाउँपालिकाको प्रशासनिक भवन, अस्थायी प्रहरी चौकी, प्रभु बैंक, कैलाश बैंक, होटल, टहरा र घरहरु बाढीले बगाएको हो ।
नासो गाउँपालिका वडा नं २ बाहेक १, ३, ४, ५, ८ र ९ वडा पूर्णरुपमा बाढीपहिरोबाट प्रभावित भएको छ । बस्तीमा बाढी पहिरो आएपछि स्थानीयहरु डाँडातिर भागेर ज्यान जोगाएका छन् । अहिले पनि निरन्तर वर्षा भइरहेकाले एक ठाउँबाट अर्को ठाउँमा जाने अवस्था नभएको स्थानीयवासीले बताएका छन् । उनीहरु अहिले जङ्गलमा त्रिपालमुनि बसिरहेका छन् । स्थानीयवासीले उद्धारको माग गरिहेको भएपनि मौसम खराबीका कारण अहिलेसम्म उद्धार हुन सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
लगानीको सुरक्षा गर्न गण्डकी प्रदेश सरकार तयार: मुख्यमन्त्री पाण्डे
कात्तिक २६, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार