राजमार्गमा पुल नहुँदा स्थानीयवासीलाई समस्या
नेपालबहस संवाददाता
असार २, २०७८ बिहिबार ०:७:४४
२ असार,तम्घास । गुल्मीको मालिका गाउँपालिका–७ घमिरका एक दम्पत्तीलाई जेठ २८ गते कोरोना पुष्टि भयो । श्रीमानको अक्सिजन कम हुँदा अवस्था जटिल भयो । चारदिनसम्म स्थानीय स्वास्थ्य संस्थामै उपचार गराएका दम्पत्तीलाई स्वास्थ्यकर्मीको सल्लाहअनुसार पाँचौँ दिनमा मङ्गलबार तम्घास पठाउने तयारी भयो ।
घमिरबाट अर्जै हुँदै तम्घास जाने सडकमा पहिरो गएकाले तम्घास पुग्न सम्भव भएन । घमिरकै एम्बुलेन्स प्रयोग गरी संक्रमित सिलादीसम्म झरे पनि घमिरबाट आएको खोला बढेका कारण एम्बुलेन्स तर्न सकेन । उनीहरुलाई ल्याउन नेपाली सेनाको ट्रक तम्घासबाट सिलादीतर्फ गयो तर इस्माको गुर्बा खोलामा अर्को ट्रक अड्किएको कारण सेनाको ट्रक बिरामी भएको ठाउँसम्म पुग्न सकेन । बिरामी भने मङ्गलबार सिलादीमै बस्नु प¥यो ।
बुधबार बिहान बर्षा अलि कम भएपछि बिरामी बोकेर गुडेको एम्बलेन्स घमिर खोला तरेपनि रोदी खोलाको बीचमा फस्यो । स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा एम्बलेन्सलाई खोलाबाहिर निकालियो । अहिले संक्रमित बुल्मको एक होटलमा बस्नुभएको छ भने गाउँपालिकाको अर्को पिक अप गाडी संक्रमित भएको ठाउँसम्म जाँदै गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्तराज भुसालले बताए ।
भुसालका अनुसार लगातार परेको वर्षाले खोलामा बाढी आएका कारण बिरामीलाई अस्पताल पु¥याउन सकिएको छैन । अहिले बिरामीको अवस्था झन गम्भीर हुँदै गएको छ । घमिरबाट आउने बिरामी मात्र होइन, अहिले जिल्लाका अधिकांश ठाउँको हालत यस्तै छ । तम्घासबाट सिमलटारीसम्म २३ किलोमिटर बाटो कालोपत्रे गरिए पनि यस सडकको बीच भागमा पर्ने खोलामा पुल नबन्दा यात्रु भने मर्कामा परेका छन् ।
राजमार्गमा इस्मा गाउँपालिकाको गुर्बामा गुर्बा खोला, इस्मामै रोदी खोला, चौरासी नजिककैको खोला, हुलाके खोला र घमिर खोला पर्दछन् । अहिलेसम्म कुनै पनि खोलामा पुल नहुँदा यातायात सञ्चालन हुन सकेको छैन । राजमार्गमा गुर्बा खोलामा कल्भट बनेपनि गत वर्ष ठूलो बाढी आउँदा कल्भर्ट थुनिएर वरपरका घर डुबेपछि स्थानीयवासीले कल्भर्ट नै भत्काइदिएकाले अहिले त्यहाँको आवाज–जावत बन्द छ ।
रोदी खोला, चौरासी नजिकैको खोला, हुलाके र घमिर खोलामा पुल छैनन् । राजमार्ग बनेपनि पुल नबन्दा विपत्मा राजमार्गको उपयोग हुन सकेको छैन । गुर्बादेखि नै पुल नबन्दा इस्माको हस्तीचौर, धुर्कोटको वस्तु, मदाने र मालिका गाउँपालिकाका वासिन्दा तम्घास आवत–जावत गर्न नसक्ने भएका छन् ।
मदन भण्डारी राजमार्ग गुल्मीका प्रमुख शशांक मिश्रले राजमार्गमा पर्ने खोलामध्ये चार ठाउँमा पुलको डिपिआर भइरहेको जानकारी दिए । गुर्बाखोलामा पानीको सतह कम हुँदाबित्तिकै ह्यूमपाइप राखेर तत्काल यातायात सञ्चालन गर्ने तयारी भएको मिश्रले बताए । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले वर्षायाम बढेकाले अत्यावश्यक काम नपरी यात्रा नगर्न आग्रह गरे । तत्कालको लागि पुल र आवश्यक वैकल्पिक व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको पनि शर्माले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
स्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
भक्तपुरमा राजश्व संकलन गत वर्षभन्दा राम्रो
मंसिर ११, २०८१ मंगलबार
आरबीआईका गभर्नर शक्तिकान्त दास अस्पताल भर्ना
मंसिर ११, २०८१ मंगलबार
बक्यौता रकम नपाएसम्म लिग नखेल्ने 'बी' डिभिजन क्लबको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
कन्ताराः च्याप्टर-१ को सुटिङ बस दुर्घटनाग्रस्त, २० जना घाइते
मंसिर ११, २०८१ मंगलबार
विदेश भ्रमणमा कडाई, व्यक्तिगत कामका लागि विशेष तथा कूटनीतिक राहदानी प्रयोग गर्न नपाइने
मंसिर ११, २०८१ मंगलबार
पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु
मंसिर ११, २०८१ मंगलबार