कालिगण्डकीको बहाव बढेसंगै मालढुङ्गाको पुल जोखिममा
नेपालबहस संवाददाता
असार ३, २०७८ बिहिबार १९:२५:२६
३ असार,गलकोट । बागलुङ र पर्वत जिल्ला जोड्ने गरी पहिलोपटक निर्माण गरिएको मालढुङ्गाको मोटरेवल पुल नदी दोहनको चपेटामा परेको छ । पुलको पर्वत खण्डको मुख्य पिल्लरमा नदीको बहावबाट क्षति भए पछि सडक डिभिजन कार्यालयले मर्मत थालेको छ । निरन्तर रुपमा प्रहरी प्रशासनको आँखै अगाडि दोहन भइरहेको कालीगण्डकी नदीको अहिले धारै समेत परिवर्तन भइरहेको छ । दोहनमा संलग्नलाई पक्राउ र कारबाही त कता हो कता, यही बीचमा नदीकै पुल मर्मत कार्य गर्ने प्रयासमा भने प्रहरीले अनावश्यक रुपमा सकस दिएको खुलेको छ ।
अहिलेको मध्यपहाडी लोकमार्गको पोखरा बागलुङ खण्डमा पर्ने पर्वत र बागलुङ जोड्ने मालढुङ्गाको मोटरेवल पुल मर्मत गर्न खटिएकालाई भने दोहन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । ठेक्का सम्झौता पश्चात पुल मर्मतको कार्य थालेको निर्माण व्यवसायीलाई जिल्ला प्रशासन कार्यालय पर्वतले नदी दोहन गरेको आरोपमा पक्राउ गरेपछि पुल मर्मत कार्य रोकिएको छ । सडक डिभिजन कार्यालय बागलुङका अनुसार पुलको माथि ५ सय मिटर र पुलकोे तल एक किलोमिटर सम्म नदीजन्य बस्तु उत्खनन् गर्न नपाइने नियम छ । तर, मालढुङ्गाको पुलको एक सय मिटर भित्रै नदी दोहन हुँदा टुलुटुलु हेरेर बस्ने प्रहरी प्रशासन पुल मर्मतमा भने अनावश्यक रुपमा अबरोध गरिरहेको छ ।
जिल्ला प्रशासन कार्यालयले नदीजन्य बस्तुको ठूला औजारको प्रयोग गरी उत्खनन् गरेकालाई कारबाही नगर्ने तर, मालढुंगा पुल मर्मतका लागि खोलामा गएको स्काभेटरलाई नदी दोहन गरेको आरोपमा पक्राउ मात्र होइन, एक दिन थुनेर २५ हजार जरिवाना तिराएको छ ।
केही दिन अगाडि पुल मर्मतका लागि नदीमा गएर पर्खाल पुर्ने कार्य गरिरहेको डोजरलाई कारबाही गरेको पुल मर्मतको ठेक्का पाएको कालिका निर्माण सेवाका प्रतिनिधि रामचन्द्र शर्माले जानकारी दिए ।
हामीले कानून सम्मत रुपमा सडक डिभिजन कार्यालयबाट ठेक्का स्विकृत गरी पुल मर्मत कार्य आरम्भ गरिरहेको अवस्थामा दोहनकारी भन्दै पर्वत प्रशासनले पक्राउ गरेको थियो”, शर्माले भने, “पर्वत खण्डको पिल्लर तलको पर्खाल गत वर्ष भत्केको र पर्खाल भित्र पसेको बालुवा निकालेर पर्खाल लगाई पुनः पुर्ने क्रममा नदीमा स्काभेटर हालेको आरोपमा रु २५ हजार जरिवाना तिराएको छ ।” यो हामीलाई कारबाही गरेको देखाएर वास्तविक दोहनकर्तालाई चोख्याउने षड्यन्त्र भएको उनको भनाई छ । अहिले नदीको वहाब बढी रहेको सन्दर्भमा पुल मर्मत कार्य रोकिँदा मालढुङ्गाको पुल जोखिममा रहेको छ ।
मालढुङ्गाको पुल तथा खनियाघाटको सडक मर्मतका लागि २०७७ चैत्र १८ गते २०७८ असार २५ सम्म निर्माण सक्ने गरी ठेक्का स्वीकृत गरिएको भए पनि अहिले पुल मर्मत कार्यामा अवरोध भएको सडक डिभिजन कार्यालयका इन्जिनियर सुरेन्द्र गौतमले जानकारी दिए । नदी दोहन गरेको आरोपमा पुल मर्मत गर्न नदीमा गएको स्काभेटर चालक तथा निर्माण व्यवसायीलाई फक्राउ गरी जरिवाना तिराए पछि समस्या भएको उनको भनाई छ । पुल मर्मत मात्रै गर्न रु १६ लाख खर्च छुट्टाइएको छ । तर पर्वत प्रशासनले अनुमति वेगर पुल मर्मत गरेको भन्दै निर्माण कार्य रोकेको छ ।
सडक डिभिजन कार्यालयले आफ्नो कार्यालय अन्तर्गतका पुल तथा पुलेसा स्वतन्त्र ढंगले मर्मत गर्दै आएको जनाए पनि मालढुङ्गाको पुल मर्मतमा सरकारी पक्षकै अवरोध रहेको जनाएको छ । पुलमा क्षति पु¥याउँदा मालढुङ्गाको बस्ती समेत जोखिममा पर्ने सडक डिभिजन कार्यालयको भनाई छ ।
यस विषयमा पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डेयले पुल मुनिबाट धेरै बालुवा निकाल्दा पुलनै जोखिममा पर्ने भएकाले कारबाही गरेको बताइन् । पुल भन्दा १ सय मिटर तल दोहन भएको किन देख्नु भएन नि भन्ने प्रश्नमा प्रजिअ पाण्डेयले पालिकाले लगाएको ठेक्कामा आफू केही बोल्न नमिल्ने बताइन। उनले पुल मर्मत गर्न पुल मुनी नै बढी बालुवा निकाल्दा पुल झनै जोखिममा पर्ने भएकाले कारबाही गरेको जिकिर गरिन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
लगानीको सुरक्षा गर्न गण्डकी प्रदेश सरकार तयार: मुख्यमन्त्री पाण्डे
कात्तिक २६, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार