कञ्चनपुरमा कोरोना संक्रमितको सङ्ख्या घट्दै
नेपालबहस संवाददाता
असार ३, २०७८ बिहिबार १९:५०:२४
३ असार,महेन्द्रनगर । कञ्चनपुरमा अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा कोरोना संक्रमित बिरामीको चाप घट्दै गइरहेको छ । कोरोना संक्रमितको उपचारमा सक्रिय यहाँस्थित महाकाली प्रादेशिक अस्पतालमा संक्रमितको सङ्ख्या धेरैले घट्दै गइरहेको अस्पतालले जनाएको छ ।
अस्पतालका कोभिड–१९ सम्र्पक व्यक्ति डा गोविन्द रोकायाले हाल अस्पतालमा आठदेखि १० संक्रमित उपचाररत रहेको बताए । “वैशाखको दोस्रो लहरका संक्रमितको चापले बाहिर जस्तामुनि राखेर पनि उपचार दियौँ”, डा रोकायाले भने, “अहिले अवस्था सामान्य बन्दै गएको छ ।”
अस्पतालमा वैशाखमा १३० संक्रमितसमेत अस्पतालमा उपचारका लागि आएको तथ्याङ्क छ । त्यसैगरी स्वास्थ्य कार्यालयले हाल जिल्लामा ३२२ सक्रिय संक्रमित रहेका बताए । “दोस्रो लहरमा यहाँ दुई हजार जनासम्म सक्रिय संक्रमित थिए”, स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले भने, “अहिले परीक्षण गर्दा दर घटिरहेको पाइएको छ ।”
उनले कोरोनाको दोस्रो लहरमा मात्रै कञ्चनपुरमा १६८ ले ज्यान गुमाएको जानकारी दिए । भारतसित सीमानाका जोडिएको गड्डाचौकी नाका र पूर्वी गौरीफन्टा नाकामा भारतबाट स्वदेश फर्किनेको कोरोना परीक्षण जारी छ ।
त्यसैगरी आगामी सोमबारसम्म निषेधाज्ञा जारी राखेको स्थानीय प्रशासनले दैनिक उपभोग्य सामग्री, तरकारी पसल, खाद्यान्न पसल र निर्माण सामग्री खरिदका लागि लकडाउन केही खुकुलो गरेको छ । बजार पूर्णरूपमा नखुले पनि सातामा चार दिन यहाँ मापदण्ड पूरा गरेर बिहानी समय पसल सञ्चालनका लागि अनुमति दिइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले संक्रमणको स्थिति हेरेर लकडाउन सहज गरिने बताए । “अब अवस्था सामान्य बन्दै जाँदा दैनिकीलाई पनि सहज गर्ने भनेका छौँ”, उनले भने, “कोरोना घटे पनि स्वास्थ्य मापदण्ड अपनाउन जरुरी छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार