२० दिनपछि अवरुद्ध टेलिफोन सेवा सञ्चालन
नेपालबहस संवाददाता
असार ४, २०७८ शुक्रबार १८:२०:१८
४ असार,किमाथाङ्का । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा अवरुद्ध टेलिफोन सेवा पुनः सञ्चालन भएको छ । दुर्गम उत्तरी क्षेत्र भोटखोलामा २० दिनदेखि अवरुद्ध टेलिफोन सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको हो ।
भोटखोलाको अवरुद्ध टेलिफोन सेवा २० दिनपछि पुनः सञ्चालन भएको दूर सञ्चार शाखा कार्यालय खाँदबारीका सूचना अधिकारी चित्र मोक्तानले जानकारी दिए । टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट वञ्चित भएका थिए ।
अवरुद्ध टेलिफोन सेवा लामो प्रयासपछि आज बिहान १०ः०० बजेदेखि पुनः सञ्चालन भएको सूचना अधिकारी मोक्तानले बताए । मकालु गाउँपालिकाको भाटभटेनीको रेडियो डिभाइसमा खराबी देखिएपछि भोटखोलाको माक्पालुङको टावरमा लिङ्क नहुँदा टेलिफोन सेवा अवरुद्ध भएको उनले बताए । दुर्गममा यातायातको नचल्ने भएका कारण पैदल जानुपर्ने भएकाले तत्कालै मर्मत गर्ने नसकिएको सूचना अधिकारी मोक्तानले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने
बैशाख २३, २०८१ आइतबार
मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर
बैशाख २३, २०८१ आइतबार
बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने
बैशाख २०, २०८१ बिहिबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
भूकम्पले क्षति पुर्याएको गोरखाको अर्लाङ्दी मन्दिर जीर्णोद्धार
बैशाख २४, २०८१ सोमबार
आज बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २४, २०८१ सोमबार
अशोक राईसँगको 'ब्रेकअप'ले राजनीतिक यात्राको कमजोर घुम्तीमा उपेन्द्र !
बैशाख २४, २०८१ सोमबार
जापानी विदेशमन्त्री योको स्वदेश फिर्ता
बैशाख २४, २०८१ सोमबार
आज कस्तो रहला दिनभरको मौसम ?
बैशाख २४, २०८१ सोमबार
बाँकेमा १०५ आगलागीका घटना, ५ हजार हेक्टर वनमा डढेलो
बैशाख २४, २०८१ सोमबार