सुन्दा अचम्म ! आँपका सुरक्षाकाे लागि तीनजना सुरक्षाकर्मी, ९ वटा कुकुर !
नेपालबहस संवाददाता
असार ४, २०७८ शुक्रबार १९:१४:३८
भारतमा आँपकाे सुरक्षाका लागि तीनजना सुरक्षाकर्मीसहित ९ वटा कुकुर राखिएकाे छ । बीबीसी समाचारका अनुसार याे समाचार भारत मध्य प्रदेश जबलपुरकाे हाे ।
समाचारमा जनाइए अनुसार जबलपुरमा एक व्यक्तिले खेतमा लगाएको आँपको सुरक्षाका लागि तीनजना सुरक्षाकर्मी र ९ वटा कुकुर राखिएका छन् । सुन्दा अचम्म लाग्ला तर यति कडा सुरक्षा आँपका लागि हो ।
यो खेतमा फल्न सुरु गरेका आँपको मूल्य लाखौं पर्ने बताइएको छ । यो विशेष किसिमको आँप जापानमा पाइन्छ । जबलपुरको खेतमा फलिरहेका यो आँप अघिल्लो वर्ष अन्तर्राष्ट्रिय बजारमा प्रति किलो २ लाख ७० हजार भारु ९४ लाख रुपैयाँ बढी० मा बिकेको जापानी मिडियाले बताएका छन् ।
उक्त आँपका मालिक संकल्पले यो जापानी आँपको नाम टाइयो नो टमेङ्गो भएको बताए । यसलाई एग अफ सन अर्थात् सूर्यको अण्डा पनि भनिन्छ । संकल्पका अनुसार अघिल्लो वर्ष यो आँप निकै चर्चामा आएको थियो जसका कारण उनको खेतमा चोरको बिगबिगी बढेको थियो र आँप चोरी पनि भएको थियो । त्यसैले यो महँगो आँपको सुरक्षाका लागि संकल्प चिन्तित छन् र सुरक्षामा अतिरिक्त पैसा खर्च गरिरहेका छन् ।
यो आँप पूर्ण रुपमा पाकेपछि यो हल्का रातो र पहेँलो हुन्छ । यसको तौल करिब ९०० ग्रामसम्म पुग्ने गर्छ । यसमा रेशा पाइँदैन र असाध्यै गुलियो हुन्छ । आँपको यो प्रजाति जापानमा संरक्षित वातावरणमा फलाइन्छ तर संकल्प सिंह परिहारले यसलाई आफ्नो बाँझो जमिनको खुल्ला वातावरणमा फलाएका छन् ।
संकल्पका अनुसार सुरुमा ४ एकड जमिनमा यो आँपका केही बोट रोपिएको थियो र आज उनको खेतमा १४ भारतीय हाइब्रिड र ६ विदेशी आँप सजिलै पाउन सकिन्छ । भारतमा यो आँपको खेती अन्य कतै पनि हुँदैन । जापानी आँपलाई तामागोको नामले चिनिन्छ । अन्तर्राष्ट्रिय बजारमा यसको अत्यधिक माग छ । जापानी भाषामा ‘ताइयो नो तामागो’ को नामले यसलाई चिनिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएक कप चियाको एक लाख !
मंसिर १३, २०८१ बिहिबार
धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी
मंसिर १२, २०८१ बुधबार
अफिसमा रोमान्स गर्नेलाइ १२ सय पुरस्कार, जोडी मिलाए १० हजार बढी
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
मंसिर १३, २०८१ बिहिबार
क्षतिग्रस्त पुल मर्मतपछि नियमित सञ्चालनमा
मंसिर १३, २०८१ बिहिबार
एक कप चियाको एक लाख !
मंसिर १३, २०८१ बिहिबार
काभ्रेमा सुरु भयो कांग्रेसको सयदिने अभियान
मंसिर १३, २०८१ बिहिबार
कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार
क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्याका मुख्य आरोपी पक्राउ
मंसिर १३, २०८१ बिहिबार