मेलम्चीले गर्याे बाढीपीडितका लागि राहत तथा पुनःस्थापना कोष स्थापना
नेपालबहस संवाददाता
असार ४, २०७८ शुक्रबार २०:१९:३८
४ असार, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले बाढीपीडितका लागि भन्दै मेलम्ची बाढीपीडित राहत तथा पुनःस्थापना कोष स्थापना गरेकोे छ।
असार १ गते राति आएको बाढीले मेलम्ची नगरपालिकालाई अकल्पनीय क्षति भएको र भएका सबै संरचना बगाएको भन्दै तिनको पुनर्निर्माणका लागि नगरपालिकाले कोष स्थापना गरेको हो।
कोषमा नगरपालिकाले ५० लाख जम्मा गरी सहयोगी मनहरूलाई सहयोगका लागि पनि अपिल गरेको छ। मेलम्चीमा आएको भीषण बाढीले नगरपालिकाका ६, १० र ११ नम्बर वडामा ठूलो क्षति भएको छ।
नगरपालिकाले संकटको घडीमा सहयोग गर्न इच्छुक व्यक्ति, संघसंस्था, सरकारी एवम् गैर–सरकारी संघसंस्थालाई सहयोगका लागि अपिल गरेकोे होे।
सहयोग गर्न चाहनेहरूले नेपाल बैंक लिमिटेड मेलम्ची शाखामा रहेको खाता नम्बर १६८००१०७०५०२०९०००००१ मा सहयोेग रकम जम्मा गर्न सक्ने छन्। सहयोगबापत् जम्मा भएको रकम पारदर्शी एवम् निष्पक्ष ढंगबाट परिचालन गरिने नगरपालिकाले जनाएको छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घामा पर्यटक
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
काभ्रेभिरमा ‘रक एङ्करिङ’ गरेर सडक फराकिलो पारिँदै
मंसिर १३, २०८१ बिहिबार
पालिकाद्वारा गाईपालक किसानलाई प्रोत्साहनस्वरुप अनुदान
मंसिर १३, २०८१ बिहिबार
वीरगञ्जबाट काठमाडौं हिँडेको कन्टेनर चुरियामाई उकालोमा पल्टियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
मंसिर १३, २०८१ बिहिबार
एनपीएल खेल्न नेपाल आइपुगे जिशान मक्सुद
मंसिर १३, २०८१ बिहिबार