यार्सा टिप्न गएर सम्पर्कविहीन भएकाकाे उद्धार, तीनको स्वास्थ्यमा खराबी
नेपालबहस संवाददाता
असार ४, २०७८ शुक्रबार २१:५९:२१
४ असार, काठमाडौं । मनाङको फू लेकमा यार्सा टिप्न गएर अलपत्र परेका ५६ जनाको शुक्रबार उद्धार गरिएको छ । मनाङको उच्च हिमाली भेग नार्पाभूमि गाउँपालिकाको फू लेकमा यार्सा टिप्न गएका उनीहरु भारी वर्षापछि सम्पर्कविहीन भएकाकाे आज उद्धार गरिएको हो ।
मनसुन सक्रिय भएपछि निरन्तर वर्षाका कारण उनीहरु सम्पर्कविहीन भएको ४ दिनसम्म उद्धार हुन सकेको थिएन । आज उद्धार गरिएकामध्ये तीन जनाको स्वास्थ्यमा खराबी देखिएको छ । सेनाकाे हेलिकप्टरले उच्च लेकबाट उद्धार गरेर उनीहरुलाई फू गाउँमा ल्याएको छ ।
आज बिहानैबाट मौसम खुलेकाले उद्धारमा सहज भएको छ । आज फू मा भएका ५६ जना, ताल्चे ५५ जना, ओडारमा २८ जनाको उद्धार गरिएको छ । यस्तै ताल गाउँका ३ जना अपाङ्गता भएकाहरुको पनि सकुसल उद्धार गरिएको छ ।
मनसुनको सुरुमै आएको बाढी, पहिरोका कारण मनाङमा ठूलो क्षति पुगेको छ । मनाङको चामे, ताल गाउँ मर्स्याङ्दीमा बाढी आएका कारण डुबानमा परेका थिए । बाढीका कारण मनाङमा १ हजार बढी परिवार विस्थापित भएका छन् । बाढीका कारण मनाङमा सडक, सञ्चार, खानेपानी, विद्युतविहीन बन्न पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
चट्टाने पहाडको कापमाथिबाट झरेको फुङफुङे झरना
मंसिर १३, २०८१ बिहिबार
जाडो छल्न आएका चखेवा
मंसिर १३, २०८१ बिहिबार
उद्योगमा जोडिएको लाइन काट्न नपाएपछि उद्योगीका घरतिर लागे कुलमान, आयोगसँग मागे अनुमति
मंसिर १३, २०८१ बिहिबार
मलको अभाव हुँदा खेती गर्न समस्या
मंसिर १३, २०८१ बिहिबार
गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
मंसिर १३, २०८१ बिहिबार