मेलम्चीमा फेरि बाढी, हेलम्बुको प्रहरी चौकी नै तहसनहस !
नेपालबहस संवाददाता
असार ५, २०७८ शनिबार १४:५७:३१
५ असार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा हिजो बेलुकी फेरि बाढी आएको छ । राती मेलम्ची खोलामा आएको बाढीले स्थानीय इलाका प्रहरी कार्यालय भवन नै बगाएको छ। हेलम्बु गाउँपालिका–२ को वडा कार्यालय‚ ईलाका प्रहरी कार्यालयको भवन र विद्यालयको भवन बाढीले बगाएको हो।
राति काठ, दाउरा, ठूला ढुङ्गा र लेदोसहित बाढी आएको बाढीले हेलम्बुको प्रहरी चौकी नै तहसनहस पारेको स्थानीय पत्रकार लक्ष्मण बिष्टले नेपालबहस डटकमलाई बताए ।
शुक्रबार साँझ पानी पर्न थालेपछि बाढी बढेको थियो । मंगलबार आएको बाढीले खासै क्षति नपुगेको इलाका प्रहरी कार्यालय हेलम्बुको कार्यालय शुक्रबारको बाढीले भने भत्काएको बिष्टले बताए ।
राति बस्तीमा पसेको बाढी मंगलबार जस्तो ठूलो नभएपनि बाढीले बगाएर ल्याएका ढुङ्गा, काठ र लेदो थप जम्मा भएको छ । अहिले भने बाढी घटेको र वर्षा पनि रोकिएको छ ।
साे प्रहरी चौकी पाँच महिनाअघि मात्र निर्माण सकिएर उद्घाटन भएको थियो । भवन निर्माणका लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३ करोड १७ लाख ६९ हजार रुपैयाँ बजेट दिएको थियो । ‘क’ वर्गको यो इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको कमाण्ड रहन्छ । यद्यपि हाल सईले कमाण्ड गरिररहेका थिए ।
असार १ गतेदेखि निरन्तर आइरहेको बाढीले जोखिममा रहेका ती कार्यालयका भवनहरू शुक्रबार राति बगाएको हो । त्यस्तै, वडा नम्बर ४ ग्याल्थुममा रहेको ईस्ट प्वाइन्ट एकेडेमीको भवन समेत बाढीले बगाएको बिष्टले बताए ।
हाल प्रहरी कार्यालय माथिल्लो भेगमा भाडाको घरमा सारिएको छ । मंगलवारदेखि आएको बाढीका कारण हेलम्बु गाउँपालिकादेखि मेलम्ची बजारमा ठुलो क्षति पुर्याएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार
स्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार