महाकाली नदीको सतह बढ्दै, प्रहरीलाई हाइअलर्टमा बस्न निर्देशन
नेपालबहस संवाददाता
असार ५, २०७८ शनिबार १८:४५:२३
५ असार, काठमाडौं । लगातारको वर्षाका कारण महाकाली नदीको सतह बढ्दै गएको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढ्न थालेको हो ।
महाकाली नदीको शारदा ब्यारेजमा शुक्रबार राति एक लाख क्युसेकको हारहारीमा रहेको पानीको सतह बढिरहेकोले जिल्ला प्रशासन कार्यालयले सजगता अपनाउन सबैमा आग्रह गरेको छ ।
शुक्रबार राति एक लाख क्युसेक मापन गरेको पानीको सहत बढेर अहिले एक लाख ७५ हजार क्युसेक पुगेको छ । शुक्रबार राति एक लाख मापन गरिएको पानीको सतह बिहान ८ बजेतिर एक लाख ६५ हजार क्युसके थियो ।
नदीमा पानीको सतह वृद्धि हुँदै गएपछि निर्माणाधीन महाकाली पुलमा लगाइएको माटोको ड्याम पनि काट्न थालेको छ भने नदी क्षेत्रका बासिन्दालाई सुरक्षित साथ बस्न आग्रह गरिएको छ ।
सम्भावित खतरालाई ध्यानमा राखेर मातहतका प्रहरीलाई हाइअलर्टमा बस्न निर्देशन दिदै सोहीअनुसारको पूर्वतयारी गरिएको छ । नदी क्षेत्रमा गस्तीका लागिसमेत छुट्टै प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार
स्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा साबेल प्रहार गरी साथीको हत्या
मंसिर १३, २०८१ बिहिबार