टिकटकको अत्यधिक लोकप्रियतासँगै बाइटडान्सको नाफा दोब्बरले बढ्यो
नेपालबहस संवाददाता
असार ५, २०७८ शनिबार १९:१६:४९
५ असार, काठमाडौं । पछिल्लो समय निकै लोकप्रिय टिकटकको मातृ कम्पनी बाइटडान्सको नाफा दोब्बरले बढेको छ । लोकप्रिय भिडियो एप टिकटकको मातृ कम्पनी बाइट डान्सले गत वर्ष सन् २०२० मा आफ्नो आम्दानी दोब्बर बनाउन सफल भएको हो ।
चिनियाँ कम्पनी बाइटडान्सले आफ्ना कर्मचारीहरुका लागि जारी गरेको एक आन्तरिक सञ्चारपत्र अनुसार सन् २०२० मा कम्पनीले कूल ३४ अर्ब ३० करोड डलर आम्दानी गरेको छ । यो आम्दानी सन् २०१९ को भन्दा १ सय ११ प्रतिशतले बढी हो ।
बाइटडान्सको आम्दानीमा भएको यो अतिउच्च वृद्धिदरले टिकटकको बढ्दो विश्वव्यापी लोकप्रियतालाई इंगित गर्ने बीबीसीले उल्लेख गरेको छ ।चीनमा सरकारद्वारा ठूला प्रविधि कम्पनीहरुमाथिको नियन्त्रण तथा दबाबमा वृद्धि भैरहेको बेला बाइटडान्सको आम्दानीमा उल्लेख्य वृद्धि गर्न सफल भएको बीबीसीले जनाएको हो ।
कूल मुनाफा शतप्रतिशतले वृद्धि गर्न सफल भएको बाइटडान्सले गत वर्ष कूल मुनाफामा पनि उल्लेख्य बढोत्तरी गरेको छ । सन् २०१९ को तुलनामा सन् २०२० मा बाइटडान्सको कूल मुनाफा ९३ प्रतिशतले बढेर १९ अर्ब डलर पुगेको छ ।
कम्पनीले जारी गरेको आन्तरिक पत्र अनुसार गत डिसेम्बर सम्ममा बाइटडान्सका सबै प्लाटर्फममा गरी मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब ९० करोड छ ।
पछिल्लो समयमा टिकटकको अत्यधिक लोकप्रियतासँगै अमेरिका तथा स्वयम चीनलगायतका देशहरुमा बाइटडान्स कम्पनीमाथि नियन्त्रण तथा निगरानी बढिरहेको छ । भारतले त टिकटकलगायतका चिनिया एपहरुमाथि प्रतिबन्ध नै लगाइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटर्कीएको पहिलो ‘सञ्चार उपग्रह’ सफलतापूर्वक आफ्नो कक्षमा पुग्यो
पुष १३, २०८१ शनिबार
अमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार
इन्स्टाग्राममा नयाँ एआई उपकरणहरू आउँदै, अब भिडियोहरू तुरुन्तै परिवर्तन हुने
पुष ५, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार