आजदेखि गाउँपालिकामा भिडियो एक्स–रे सेवा शुरु
नेपालबहस संवाददाता
असार ५, २०७८ शनिबार १९:५०:७
५ असार, डोटी । पूर्वीचौकी गाउँपालिकाले आफ्नो पालिकाका नागरिकका लागि भिडियो एक्स–रे ‘युएसजी’ तथा एक्स–रे सेवा शुरु गरेको छ । एक वर्षअगाडि देखि एमबिबिएस चिकित्सकद्वारा सेवा प्रदान गरिरहेको गाउँपालिकाले आजदेखि भिडियो एक्स–रे ‘युएसजी’ तथा एक्स–रे सेवा शुरु गरेको छ ।
पालिकामा रहेका नागरिकलाई घरैमा सेवा दिने उद्देश्यले उक्त भिडियो एक्स–रे सेवाको शुरुआत गरिएको गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए । उनले भने, “पालिकामा भिडियो एक्स–रे नहुँदा नागरिकलाई निकै समस्या भएको थियो, नागरिकले घरैमा सेवा पाउन उपचारका लागि अन्यत्र जानु नपरोस् भनेर सेवा शुरु गरेका छौँ, सबै नागरिकले सहज सेवा पाउनु हुने छ ।”
भिडियो एक्स–रे सेवा शुरु भएपछि यहाँका पेटसम्बन्धी बिरामीहरु, गर्भवती, पत्थरी तथा मिर्गौलासम्बन्धी, पित्तथैली र हड्डीसम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीको उपचार गर्न सहज हुने पालिकामा कार्यरत डा. अङ्कित रेग्मीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
प्रधानमन्त्रीद्वारा नेपाल संवत्को नयाँ वर्षको शुभकामना
कात्तिक १७, २०८१ शनिबार
सभामुखद्वारा नेपाल संवत् ११४५ को शुभकामना
कात्तिक १७, २०८१ शनिबार
नेपाल संवतले सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्ने उपराष्ट्रपतिको विश्वास
कात्तिक १७, २०८१ शनिबार
विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर स्थिर, अन्यको अवस्था के छ ?
कात्तिक १७, २०८१ शनिबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
तिहारका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री
कात्तिक १७, २०८१ शनिबार