हुम्देमा थुनिएको मर्स्याङ्दी नदी आफैं बग्न थाल्याे !
नेपालबहस संवाददाता
असार ६, २०७८ आइतबार १३:४५:२७
६ असार, काठमाडौं । मनाङको ङिस्याङ गाउँपालिका ४ हुम्देमा थुनिएको मर्स्याङ्दी नदी आफैं बग्न थालेको छ । शनिबार दिउँसो दुवैतिरबाट पहिरो जाँदा मर्स्याङ्दी नदी थुनिएर ताल बनेको थियो । तर नदी आफै बग्न थालेपछि तत्कालको ठूलो जोखिम टरेको हो ।
मनाङ प्रहरीका अनुसार कमजोर खालको माटोसहितको पहिरो खसेकाले केही समयमै पानीले आफैं बाटो बनाएर बग्न थालेपछि ठूलो क्षतिको सम्भावना टरेको छ ।
मर्स्याङ्दी नदी ताल बन्दा माथिल्लो मनाङ जाने बाटोमा पर्ने बेलिब्रिज जोखिममा परेको थियो । नदी खुलेपछि बाढीले तटीय क्षेत्रमा क्षति पुर्याउन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले पूर्वसूचना जारी गरेर सचेत रहन आग्रह गरेको थियो ।
यस वर्षको मनसुनको सुरुमै अत्यधिक वर्षा हुँदा मनाङमा व्यापक क्षति भएको छ । लगातारको अबिरल बर्षाले अहिले मनाङ सडक सम्पर्कबाट समेत विच्छेद भएको छ
प्रहरीका अनुसार माथिल्लो मनाङतिर माटो र ढुंगाले बनेका कतिपय घरहरु भत्किएका छन् । कतिपय घरहरु उच्च जोखिममा छन् । जसका कारण मनाङमा सडक सम्पर्क टुटेकाले अब हवाई बाहेक अरु विकल्प छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
उद्योगमा जोडिएको लाइन काट्न नपाएपछि उद्योगीका घरतिर लागे कुलमान, आयोगसँग मागे अनुमति
मंसिर १३, २०८१ बिहिबार
मलको अभाव हुँदा खेती गर्न समस्या
मंसिर १३, २०८१ बिहिबार
गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
मंसिर १३, २०८१ बिहिबार
क्षतिग्रस्त पुल मर्मतपछि नियमित सञ्चालनमा
मंसिर १३, २०८१ बिहिबार
एक कप चियाको एक लाख !
मंसिर १३, २०८१ बिहिबार
काभ्रेमा सुरु भयो कांग्रेसको सयदिने अभियान
मंसिर १३, २०८१ बिहिबार