आज मात्रै लगानीकर्ताले गुमाए ९८ अर्ब
नेपालबहस संवाददाता
असार ७, २०७८ मंगलबार ०:५५:९
७ असार, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उच्च अङ्कको गिरावट आउँदा शेयर बजारका लगानीकर्ताले आज मात्रै झण्डै रु एक खर्ब बराबरको सम्पत्ति गुमाएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७१.०६ बिन्दुले घटेर दुई हजार ८३४.४० मा झरेको छ ।
आइतबार रु ४० खर्ब ३६ अर्ब ३९ करोड बराबर रहेको कूल बजार पूँजीकरण आजको कारोवारपछि घटेर रु ३९ खर्ब ३७ अर्ब ६७ करोड ८१ लाखमा सीमित भएको छ । यस आधारमा आइतबारको तुलनामा आज मात्रै बजार पूँजीकरण रु ९८ अर्बले घटेको देखिन्छ ।
नेप्सेको विवरण अनुसार गत जेठ ३१ गते नेप्से परिसूचक तीन हजार बिन्दु माथि पुग्दा बजार पूँजीकरण हालसम्मकै सर्वाधिक रु ४२ खर्ब १६ अर्ब बराबर पुगेको थियो ।
सोमबार ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ८.३७ बिन्दुले घटेर ५२०.१८ मा ओर्लेको छ । कूल २२७ कम्पनीको दुई करोड २५ लाख २२ हजार ४९१ कित्ता शेयर रु ११ अर्ब ६१ करोड ९० लाख ३५ हजार ६७४ मा खरिद बिक्री भए ।
कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ३४.२२, व्यापार २९.६३, होटल तथा पर्यटन १६५.८३, विकास बैंक २१०.२१, जलविद्युत् १५०.२४, वित्त १२०.२२, निर्जीवन बीमा ४२९.६३, उत्पादन १७१.१९, अन्य ५४.६४, लघुवित्त १०५, जीवन बीमा ४५१.११, सामूहिक लगानी कोष ०.२१ र लगानी ०.५२ अङ्कले घटेको छ ।
कारोवारका आधारमा आज नेपाल पुरनबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु एक अर्ब ३० करोड ६१ लाख १५ हजार ६१४ बराबरको कारोवार भएको छ । यस्तै, एचआइडिसिएल रु ३१ करोड सात लाख २३ हजार २२१, नागरिक लगानी कोष रु २९ करोड ६१ लाख ७९ हजार ९१३, नेशनल हाइड्रोपावर रु २८ करोड ४४ लाख ७३ हजार ७५० र हिमालयन डिस्टिलरी रु २४ करोड ८७ लाख ४६ हजार ९३० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
उच्च अङ्कले घटेको बजारमा नारायणी डेभलपमेन्ट बैंक ९.९७, एचआइडिसिएल ४.३३, एनबिबिएल डिवेञ्चर ३.६५, एसबिएल डिवेञ्चर दुई र नबिल बैंकको ऋणपत्र २०८२ का लगानीकर्ताले दुई प्रतिशतले कमाए ।
त्यस्तै, पोखरा फाइनान्स ९.२६, यूनिभर्सल पावर ९.१२, यूनियन हाइड्रोपावर ८.८१, हिमाल दोलखा हाइड्रोपावर ८.६२ र लिवर्टी इनर्जीका लगानीकर्ताले ८.५२ प्रतिशतले गुमाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सञ्जालमा आउने विश्लेषणलाई आधार बनाएर लगानी नगर्नु : नेप्से
असोज ७, २०८१ सोमबार
नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न : पुँजीबजार किन अस्थिर भइरहेको छ ?
असोज २, २०८१ बुधबार
५७ अंकले घटेर २५८० अंकमा झर्यो नेप्से परिसूचक, कारोबार पनि खुम्चियो
भदौ ३१, २०८१ सोमबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार