मेलम्ची विपद् कोषमा शिक्षकको तीन दिन बराबरको तलब जम्मा
नेपालबहस संवाददाता
असार ९, २०७८ बुधबार १६:११:३
९ असार, सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले शुरु गरेको मेलम्ची बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा मेलम्चीका शिक्षकहरुले तीन दिन बराबरको तलब जम्मा गरेका छन । नगरपालिकामा कार्यरत शिक्षकको तीन दिन बराबर हुन आउने रकम रु ११ लाख ३६ हजार ८३९ एकमुष्ट जम्मा गरिएको नेपाल शिक्षक महासङ्घ मेलम्ची नगरपालिका समितिका अध्यक्ष शिवप्रसाद ढुङ्गानाले जानकारी दिए ।
यही असार १ गते मेलम्ची तथा इन्द्रावती नदीमा बाढी आउँदा हेलम्बु, मेलम्ची तथा पाँचपोखरीमा ठूलो धनजनको क्षति भएको थियो । बाढमिा सयौँ घर बगाउनुका साथै मानवीय क्षतिसमेत भएको थियो । मेलम्ची–६ मा रहेको तेर्से माध्यमिक विद्यालयमा समेत क्षति पु¥याएको थियो । विपद्को यस घडीमा पीडितहरुलाई सहयोग गर्नु र नगरपालिकालाई साथ दिनु कर्तव्य ठानी उक्त सहयोग गरिएको ढुङ्गानाले बताए ।
हुतराजको एक लाख सहयोग
उक्त कोषमा हुतराज अर्धचन्द्र जनहितकारी संस्थाले रु एक लाख एक हजार जम्मा गरेको छ । सामाजिक क्षेत्रमा कार्य गर्दै आइरहेको सो संस्थाले तत्कालको राहतका लागि उक्त रकम सहयोग गरेको र पछि थप रकम सहयोग गर्ने संस्थाका सचिव सुर्दशन पाण्डेले जानकारी दिए ।
संस्थाले जिल्लाका बाढी पहिरो पीडितका लागि अक्षयकोष स्थापना गरी रु दुई लाख जम्मा गरेको र हालसम्म रु पाँच लाख पुगेको उहाँले बताए । उनका अनुसार अमेरिकामा बसोबास गर्दै आएका डा दामोदर पाण्डेको समन्वयमा गो फन्ड कोष स्थापना गरी सङ्कलन गरिएको रकम प्रभावित स्थानीय तहलाई हस्तान्तरण गरिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार
स्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा साबेल प्रहार गरी साथीको हत्या
मंसिर १३, २०८१ बिहिबार